रामधुनीमा पर्यटन र पूर्वाधार बिकासको काम भैरहेको छ - नगरप्रमुख शंकरलाल चौधरी

  • जेठ ४, २०८० / नेपाल रेखा
alt

कोशी प्रदेशको सुनसरी जिल्लामा रामधुनी नगरपालिका रहेको छ । जिल्लामा रहेको १२ वटा स्थानीय तह मध्ये रामधुनी नपा एक हो । यस नपाको पूर्व इटहरी, पश्चिम बराहक्षेत्र, दक्षिण इनरुवा र उत्तर धरान उपमहानगरपालिका पर्दछ । यहां नेपालको प्रसिद्ध तिर्थस्थल रामधुनी मन्दिर पर्दछ ।
रामधुनी नगरपालिका कार्यालय, झुम्काको नगरप्रमुख शंकरलाल चौधरी हुनुहुन्छ । बिगत ३० बर्ष देखी विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गरिसक्नु भएको छ । रामधुनी नपामा समायोजन भएको भासी गाबिसमा दुई कार्यकाल दश बर्ष अध्यक्ष पदमा रहेर काम गरिसक्नु भएको छ । त्यसैगरी भादगाउ सिनबारी माबि र भादगाउ सिनबारी बहुमुखी क्याम्पसमा ब्यबस्थापन समितिको अध्यक्ष भएर काम गरिसक्नु भएको छ । वहां नेपाल रेडक्रस सोसाइटी झुम्का शाखाको उपसभापति समेत हुनुहुन्छ । नगरप्रमुख चौधरी जनताको काम र सेवा सुबिधा प्रदान गर्न बचनबद्ध रहेको बताउनुहुन्छ । यो बर्ष रामधुनी नपाको नीतिमा रहेको पर्यटन र पूर्वाधार बिकासका काम शुरु गरेको नगरप्रमुख भन्नुहुन्छ । उहासंग नेपालरेखाकर्मीले नपामा भएको बिकास निर्माणको सेरोफेरोमा रहेर गरेको कुराकानी यहा प्रस्तुत गरिएको छ –

रामधुनी नपा कार्यालयबाट भइरहेको बिकास निर्माणबारे जानकारी पाउन सकिन्छ कि ?


– जनताको काम र नपाबाट दिइने सेवा सुबिधा प्रदान गर्न बचनबद्ध छु । यो बर्ष नपाको नीतिमा रहेको पर्यटन र पूर्वाधार बिकासको काम भैरहेको छ । पूर्वाधार तर्फ नगरपालिकाको नौ वटै वडामा ५० लाख रुपैयाको दरले कालोपत्र निर्माण कार्य भैरहेको छ । भादगाउ सिनबारी बहुमुखी क्याम्पस भबन निर्माणका लागि ५० लाख रुपैया नपाबाट प्रदान गरिएको छ । गौरवका योजनाको ८० प्रतिशत काम पुरा भैसकेको अबस्थामा रहेको छ ।

तपाइले नगरबासी समक्ष गरेका प्रतिबद्धता कतिको कार्यान्वयन गरिरहनु भएको छ ?

– मैले भनेको थिएँ । कुनै समस्या पर्दा साथ दिनेछौ । हामीले काम गरेनौ भने हामीलाई घेर्न सक्नु हुनेछ । हामीलाई काम गर्न लाउनु सक्नुहुनेछ । त्यही अनुसार म अहिले काम गरिरहेको छु । फोनबाट समेत सेवामूलक काम गरिरहेको छु ।

तपाइ नपामा आउनु भन्दा अगाडि बिगतमा यहा रहेको अधुरो योजनामा कसरी काम भैरहेको छ ?

– म आउनु भन्दा अगाडि यहां धेरै पूर्वाधार बिकासको सुरुवात भएको थियो । हामीले त्यसलाई निरन्तरता दिने प्रयास गरेका छौं । रामधुनी मन्दिरको बिकासका लागि काम गरिरहेका छौं । बाटोमा कालोपत्र निर्माण कार्यको सुरुवात भएको थियो । अहिले निरन्तरता दिएका छौं । अहिले अधुरो योजनामा तल्ला थप्ने काम भैरहेको छ । अधुरो काम पुरा गर्ने हाम्रो जिम्मा हो ।

यहां कृषि, स्वास्थ्य र शैक्षिक क्षेत्रमा कस्तो काम भैरहेको छ ?

– सबै क्षेत्रमा बिकासका काम भैरहेको छ । शैक्षिक क्षेत्रमा नियमित अनुगमन गरिरहेका छौं । गल्ती गर्नेलाई कार्बाही गरिएको छ । कार्बाहिमा पर्ने शिक्षकको तलब रोकिएको छ । कृषि क्षेत्रमा वडा नं.९ मा किसानलाई उपलब्ध हुने सिचाइ सुबिधा अन्य वडामा पनि पहल गरीनेछ । किसानलाई दिइने अनुदान सुबिधा यो बर्ष दिइनेछ र आउदो बर्ष पनि दिइनेछ । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सस्थामा हुने फोहर ब्यबस्थापन गरिने प्रयास भैरहेको छ ।

यस नपामा मानवीय बिकासका लागि भएका काम बारे जानकारी पाउन सकिन्छ कि ?

– तालिम, गोष्ठी गरेर नगरबासीलाई दक्ष बनाउने काम भैरहेको छ । रोजगारमुलक तालिम इलेक्ट्रोनिक, जुति बनाउने, सेनेटरी प्याड बनाउने जस्ता तालिम सञ्चालन गरिएको छ ।

चुनाबमा तपाइसंगै प्रतिस्पर्धामा रहेका ब्यक्तिहरुलाई बिकासका काममा समेट्ने प्रयास कतिको गर्नुभएको छ ?

–उहाँहरु म जस्तै योग्य हुनुहुन्छ । बेलाबेलामा भेटघाट हुन्छ । सल्लाह सुझाव मनन गरिरहेका छौं ।

रामधुनी नपामा अहिलेसम्म भएका उपलब्धिबारे जानकारी गराइदिनु हुन्छ कि ?

–नपाको गाउ गाउको बाटोमा कालोपत्र निर्माण भैरहेको छ । नपाको केन्द्र भाग झुम्का र नपाको मुख्य प्रशासनिक भबन जोडने बाटोको बिकास भैरहेको छ ।


अन्त्यमा बाँकी केही छ कि ?

– हिजो हामीले जे बोलेका थियौं । केहि समस्या पर्यो भने हामीलाई भेट्दा समाधानको प्रयास गरिने छ । आज कुनै समस्या भएमा नगरबासीले नगरप्रमुख र उपप्रमुखलाई फोनबाट समस्या राख्न सन्देश दिन चहान्छु ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]