रामधुनीमा पर्यटन र पूर्वाधार बिकासको काम भैरहेको छ - नगरप्रमुख शंकरलाल चौधरी

  • जेठ ४, २०८० / नेपाल रेखा
alt

कोशी प्रदेशको सुनसरी जिल्लामा रामधुनी नगरपालिका रहेको छ । जिल्लामा रहेको १२ वटा स्थानीय तह मध्ये रामधुनी नपा एक हो । यस नपाको पूर्व इटहरी, पश्चिम बराहक्षेत्र, दक्षिण इनरुवा र उत्तर धरान उपमहानगरपालिका पर्दछ । यहां नेपालको प्रसिद्ध तिर्थस्थल रामधुनी मन्दिर पर्दछ ।
रामधुनी नगरपालिका कार्यालय, झुम्काको नगरप्रमुख शंकरलाल चौधरी हुनुहुन्छ । बिगत ३० बर्ष देखी विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गरिसक्नु भएको छ । रामधुनी नपामा समायोजन भएको भासी गाबिसमा दुई कार्यकाल दश बर्ष अध्यक्ष पदमा रहेर काम गरिसक्नु भएको छ । त्यसैगरी भादगाउ सिनबारी माबि र भादगाउ सिनबारी बहुमुखी क्याम्पसमा ब्यबस्थापन समितिको अध्यक्ष भएर काम गरिसक्नु भएको छ । वहां नेपाल रेडक्रस सोसाइटी झुम्का शाखाको उपसभापति समेत हुनुहुन्छ । नगरप्रमुख चौधरी जनताको काम र सेवा सुबिधा प्रदान गर्न बचनबद्ध रहेको बताउनुहुन्छ । यो बर्ष रामधुनी नपाको नीतिमा रहेको पर्यटन र पूर्वाधार बिकासका काम शुरु गरेको नगरप्रमुख भन्नुहुन्छ । उहासंग नेपालरेखाकर्मीले नपामा भएको बिकास निर्माणको सेरोफेरोमा रहेर गरेको कुराकानी यहा प्रस्तुत गरिएको छ –

रामधुनी नपा कार्यालयबाट भइरहेको बिकास निर्माणबारे जानकारी पाउन सकिन्छ कि ?


– जनताको काम र नपाबाट दिइने सेवा सुबिधा प्रदान गर्न बचनबद्ध छु । यो बर्ष नपाको नीतिमा रहेको पर्यटन र पूर्वाधार बिकासको काम भैरहेको छ । पूर्वाधार तर्फ नगरपालिकाको नौ वटै वडामा ५० लाख रुपैयाको दरले कालोपत्र निर्माण कार्य भैरहेको छ । भादगाउ सिनबारी बहुमुखी क्याम्पस भबन निर्माणका लागि ५० लाख रुपैया नपाबाट प्रदान गरिएको छ । गौरवका योजनाको ८० प्रतिशत काम पुरा भैसकेको अबस्थामा रहेको छ ।

तपाइले नगरबासी समक्ष गरेका प्रतिबद्धता कतिको कार्यान्वयन गरिरहनु भएको छ ?

– मैले भनेको थिएँ । कुनै समस्या पर्दा साथ दिनेछौ । हामीले काम गरेनौ भने हामीलाई घेर्न सक्नु हुनेछ । हामीलाई काम गर्न लाउनु सक्नुहुनेछ । त्यही अनुसार म अहिले काम गरिरहेको छु । फोनबाट समेत सेवामूलक काम गरिरहेको छु ।

तपाइ नपामा आउनु भन्दा अगाडि बिगतमा यहा रहेको अधुरो योजनामा कसरी काम भैरहेको छ ?

– म आउनु भन्दा अगाडि यहां धेरै पूर्वाधार बिकासको सुरुवात भएको थियो । हामीले त्यसलाई निरन्तरता दिने प्रयास गरेका छौं । रामधुनी मन्दिरको बिकासका लागि काम गरिरहेका छौं । बाटोमा कालोपत्र निर्माण कार्यको सुरुवात भएको थियो । अहिले निरन्तरता दिएका छौं । अहिले अधुरो योजनामा तल्ला थप्ने काम भैरहेको छ । अधुरो काम पुरा गर्ने हाम्रो जिम्मा हो ।

यहां कृषि, स्वास्थ्य र शैक्षिक क्षेत्रमा कस्तो काम भैरहेको छ ?

– सबै क्षेत्रमा बिकासका काम भैरहेको छ । शैक्षिक क्षेत्रमा नियमित अनुगमन गरिरहेका छौं । गल्ती गर्नेलाई कार्बाही गरिएको छ । कार्बाहिमा पर्ने शिक्षकको तलब रोकिएको छ । कृषि क्षेत्रमा वडा नं.९ मा किसानलाई उपलब्ध हुने सिचाइ सुबिधा अन्य वडामा पनि पहल गरीनेछ । किसानलाई दिइने अनुदान सुबिधा यो बर्ष दिइनेछ र आउदो बर्ष पनि दिइनेछ । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सस्थामा हुने फोहर ब्यबस्थापन गरिने प्रयास भैरहेको छ ।

यस नपामा मानवीय बिकासका लागि भएका काम बारे जानकारी पाउन सकिन्छ कि ?

– तालिम, गोष्ठी गरेर नगरबासीलाई दक्ष बनाउने काम भैरहेको छ । रोजगारमुलक तालिम इलेक्ट्रोनिक, जुति बनाउने, सेनेटरी प्याड बनाउने जस्ता तालिम सञ्चालन गरिएको छ ।

चुनाबमा तपाइसंगै प्रतिस्पर्धामा रहेका ब्यक्तिहरुलाई बिकासका काममा समेट्ने प्रयास कतिको गर्नुभएको छ ?

–उहाँहरु म जस्तै योग्य हुनुहुन्छ । बेलाबेलामा भेटघाट हुन्छ । सल्लाह सुझाव मनन गरिरहेका छौं ।

रामधुनी नपामा अहिलेसम्म भएका उपलब्धिबारे जानकारी गराइदिनु हुन्छ कि ?

–नपाको गाउ गाउको बाटोमा कालोपत्र निर्माण भैरहेको छ । नपाको केन्द्र भाग झुम्का र नपाको मुख्य प्रशासनिक भबन जोडने बाटोको बिकास भैरहेको छ ।


अन्त्यमा बाँकी केही छ कि ?

– हिजो हामीले जे बोलेका थियौं । केहि समस्या पर्यो भने हामीलाई भेट्दा समाधानको प्रयास गरिने छ । आज कुनै समस्या भएमा नगरबासीले नगरप्रमुख र उपप्रमुखलाई फोनबाट समस्या राख्न सन्देश दिन चहान्छु ।

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]