मेयरीकी श्रीमती सुशीला थपलियाले दुई वटा सरकारी कार्यालय ओगटेर तालब थापेको अख्तियारले किन देखेन ?

  • जेठ ४, २०८० / नेपाल रेखा
alt

उहाँ खांदबारी नगरपिता महेश थपलियाको श्रीमती हुनुहुन्छ । खाँदबारी नगरपालिकाको करारको कर्मचारी पनि हुनुहुन्छ । ८ नम्बर वडा उहाँको अहिलेको कार्यक्षेत्र हो । तर उहाँ दुई तीन महिना सम्म कार्यालयमा अनुपस्थित रहने तर तलब लिइरहनेमा पर्नुहुन्छ । करारको कर्मचारी कार्यक्षेत्रमा हाजिर नभै लामो समय बिदामा बसेर पनि सेवा सुबिधा मेयरसाबको आड भरोसामा लिइरहनुभाको छ । अनि अर्को महत्वपुर्ण बिसय उहाँ नेपाल सरकारको सामुदायिक क्याम्पस बरुण बहुमुखी क्याम्पसको पनि स्थायी कर्मचारी हुनुहुन्छ । क्याम्पसका स्थायी (पुर्णकालिन) कर्मचारीले बिहानको ११ बजे सम्म अनिवार्य क्याम्पस मै रहनु पर्छ भने नगरपालिकामा अनिवार्य १० बजे हाजिर हुनै पर्छ । उहाँ बरुण क्याम्पसमा ११ बजे सम्म रहदा १० बजे नगरपालिकामा हाजिर हुन सक्नुहुन्न भने नगरपालिकामा १० बजे हाजिर हुदा ११ बजे सम्म क्याम्पसमा रहन सक्नुहुन्न । तर पनि नगरप्रमुखको श्रीमति भएको फाइदा उठाउदै मिलिभगतमा दुबै तिर मिलाएर खाइरहनुभाको छ। कानुनी हिसाबले यस्तो गर्न नपाउने त छदै छ नैतिकताको बिसय पनि हो ।
करारको जागिर खाइ लामो समय कार्यालयमा हाजिर नभै निरन्तर सेवा सुबिधा लिइरहनु कुन तहको भ्रष्टाचार हो ? अर्को कुराः–राज्यको दुई वटा निकायमा सोर्स फोर्सको प्रयोग गरि पुर्णकालिन नियुक्ती खानु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरि मुद्दा हाल्नुपर्ने बिसय हो कि हैन ? म यो नगरपालिकाको सेवाग्राही, अहिलेको मेयरलाई भोट पनि हालेको मतदाता पनि भएको कारण यो बिसय उठाउने मेरो नैसर्गिक अधिकार हो त्यसैले सबै सन्चार जगतलाई यो बिसयमा खोजबिन गरि समाचार सम्प्रेसण गर्न र नगरपालिकालाई पनि यो बिसयमा आफ्नो धारणा सार्बजनिक गर्न यहि सामाजिक सन्जालबाट माग गर्दछु । अनि बरुण बहुमुखी क्याम्पसलाई पनि उहाको हाजिरी र कार्य समय र तलब भुक्तानी सम्बन्धमा जानकारी सार्बजनिक गर्न माग गर्दछु ।
राजमणी भण्डारीको (फेसबुक पेजबाट साभार गरिएको)
खादबारी नगरपालिका वार्ड नम्बर–८, अर्चले, संखुवासभा

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]