महानगरको टोलीद्वारा मासु पसलको अनुगमन

  • जेठ ४, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले मासु पसलको अनुगमनलाई तीव्र पारेको छ ।
महानगरवासीलाई सफा र स्वच्छ मासु सेवन गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ महानगरको टोलीले बजार अनुगमनलाई तीव्रता दिएको हो । महानगरभित्र सञ्चालित सबै मासु पसलको अनुगमन गर्ने योजनाअनुसार हरेक दिन मासु पसलको अनुगमन गर्ने गरिएको पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए । यसरी अनुगमन गर्दा मासु पसलमा सुधार देखिएको उनको भनाइ थियो ।
अनुगमनका क्रममा मासुको खपत, पसलको संख्या, मासु पसलमा रोजगारी सिर्जनाको अवस्थालगायतका बारेमा समेत तथ्यांक संकलन हुने उनको भनाइ छ । महानगरको टोलीले विराटनगर वडा नम्बर २ को तीनपैनी, बरगाछीलगायतका स्थानमा सञ्चालित मासु पसलको अनुगमन गरेको छ । टोलीमा पशुपंशी शाखाका प्रमुख यादवसहित महानगर प्रहरीका प्रमुख राजन पौडेल, डा. सराहना सुवेदी, गणेशप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रममा पसलको दर्ता, नविकरण, फोहोरको व्यवस्थापनलगायतका विषयमा पनि टोलीले हेर्ने गरेको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]