इटहरीमा सुत्केरी पोषण कार्यक्रम झुपडीमा पुग्दै

  • जेठ २, २०८० / नेपाल रेखा
alt

प्रकाश तिम्सिना
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मझौरा घर भएकी मनकुमारी राईलाई अघिपछि आफ्नो मोबाइलमा सेभ गरिएका नम्बरबाट फोन आइरहन्थे । माघ २२ गते भने बिल्कुलै नयाँ नम्बरबाट आएको टेलिफोन मनकुमारीले रिसिभ गरिन् । मनकुमारीले हेलो भनेपछि उत्तैबाट परिचय दिइयो । उनी पकली स्वास्थ्य चौकीकी सिनियर अनमि प्रमिला बञ्जरा थिइन् ।
परिचय दिइ सकेपछि बञ्जराले मनकुमारीलाई सोधिन, ‘सञ्चो विसञ्चो कस्तो छ ? मनकुमारीले आफ्नो जवाफ फर्काउँदै स्वास्थ्य समस्याबारे दर्शाउन थालिन् । वञ्जारले मनकुमारीको समस्या सुनेपछि केही सुझाव पनि दिइन् अनि गर्भावस्थामा नियमित जचाँउने र अस्पतालमा बच्चा पाउँनेले पाउने रकमबारे प्रस्टाइन् ।
मनकुमारी भोलिपल्टै अर्थात् माघ २३ गते स्वास्थ्य चौकी पुगेर नियमित स्वास्थ्य जचाउन थालिन् । ३८ वर्षीय मनकुमारीलाई पहिलो सन्तान हुँदा कसैले चासो लिएका थिएनन् । दोस्रो गर्भ बसेको बेला भने उपमहानगरले बेलैदेखि चासो लिएर सहयोग ग¥यो । यसले उनमा उत्साह थपियो ।
दोस्रो सन्तान हुँदा मनकुमारीले पटक–पटक स्वास्थ्यकर्मीसँग परामर्श लिइ राखिन् । स्वास्थ्यकर्मीले दिएका सबै परामर्शलाई पुरै फ्लो पनि गरिन् । उनले पहिलो सन्तान घरमै जन्माएकी थिइन् । दोस्रो पटक भने व्याथाले च्यापेपछि अस्पताल भर्ना भइन् । इटहरी अस्पतालमै छोरा जन्माइन् । नियम अनुसार उपमहानगरपालिकाले प्रदान गर्दै आएको रकम पनि पाइन् । ‘स्वास्थ्यकर्मीले गर्भ जाँच गर्दा देखि छोरा भएर रकम पाउँदा सम्मको हेरचाहले म सन्तुष्ट भए,’ उनले भनिन् ।
पहिलो सन्तान हुँदा खुसी साटासाट गरिरहेका सोही ठाउँका ३२ वर्षीय सागर चौधरी र २१ वर्षीया निकिता पनि खवास खुसी छन् । चौधरी दम्पतीलाई स्वास्थ्यजाँच गर्दा देखि बच्चा हुँदासम्मको समयमा स्वास्थ्यकर्मीद्वारा नियमित टेलिफोनमार्फत परामर्श भइ रह्यो । अन्त्यमा सुत्केरी पोषण कार्यक्रम अन्तर्गत पाउने २१ सय पनि प्राप्त भयो ।
यसबाट स्थानीय सरकार सर्वसाधारणको घर आँगनकै भएको महसुस भएको निकिताले बताइन् । ‘२१ सय रुपैयाँले त केही त हुँदैन, सागर भन्छन् ‘स्वास्थ्यकर्मीको सेवाले घरमा सुत्केरी गराउनु हँुदैन भन्ने ज्ञान दिएको छ ।’ सागरका अनुसार अस्पतालमा सुत्केरी गराउँदा एकातर्फ सुत्केरी सुरक्षित हुनेछन् । अर्कातर्फ थोरै भएपनि पैसा पाइन्छ ।
इटहरी वडा नं. २ की होममाया मगरलाईं पनि स्वास्थ्यकर्मीबाट नियमित परामर्श भयो । उनको पनि पहिलो सन्तान घरमै भएको थियो । दोस्रो सन्तान अस्पतालमा भयो ।
मनकुमारी, निकिता र होममाया त उहाहरणका पात्र हुन् । इटहरीको भित्री क्षेत्रहरुमा अहिले पनि गाउँले रहनसहन हटिसकेको छैन । जसले गर्दा पहिला पहिला अधिकांशले घरमै बच्चा पाउँथे, नियम अनुसार घरमा बच्चा पाउनेले पैसा पाउँदैनथे ।
अब भने अवस्था फेरिएको छ । चेतनास्तरमा बृद्धि भएको छ।अधिकतरले अस्पताल वा स्वास्थ्य केन्द्रमा बच्चा जन्माउँछन् । यसले गर्दा आमा र सन्तानलाई सुरक्षित राख्न मद्दत गर्ने गरेको इटहरी उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख दिनेश चौधरीले बताए । रकम थोरै भएपनि मातृशिशु र सुत्केरी महिलाको सुरक्षालाई ध्यानमा राखेर सुरु गरिएको कार्यक्रमले प्रभावकारी भुमिका खेलेको चौधरीको दाबी छ ।
यो कार्यक्रम लागू गर्दा चुनौती प्रशस्त थिए । ‘लक्षित वर्गमा सकारात्मक प्रभाव प¥यो जसले गर्दा कार्यक्रम प्रभावकारी रह्यो, शाखा प्रमुख चौधरी भन्छन् ‘नगरका २० वटै स्वास्थ्य संस्थाबाट रकम प्रदान गर्ने भएकाले नगरसम्म पनि धाउनु पर्दैन । रकम लिन झन्झट पनि छैन ।’
चालु आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा २० लाख रुपैयाँ सुत्केरी पोषण कार्यक्रमका लागि छुट्याइएको थियो । चालु आर्थिक वर्षको १० महिनाको अबधिमा आठ सय जना सुत्केरी महिलाले लाभ लिएको स्थास्थ्य शाखाको रेकर्डमा उल्लेख छ ।
सुत्केरी पोषण कार्यक्रमले सोचे भन्दा राम्रो प्रभाव पारेपछि उपमहानगरलाई गाउँ सम्म जोड्ने माध्यम बनाएको छ । ‘घरघरमै असुरक्षित रुपमा सुत्केरी हुने समस्याको रोकिएको छ, उपप्रमुख संगीता चौधरीले भनिन्, ‘धेरै महिलालाई यस कार्यक्रमले हौसला प्रदान गरेको छ ।’ उनका अनुसार सुत्केरी पोषण कार्यक्रमले ग्रामीण वडाका महिलाहरुमा अस्पताल सम्म जानु पर्छ भन्ने ज्ञान बढाएको छ । जसले गर्दा उनीहरुको ज्यान सुरक्षित मात्रै हैन मृत्युदरमा पनि कमी ल्याएको छ।
त्यसो त जनता बहुमुखी क्याम्पस इटहरीकी प्राध्यापक टिका आत्रेय हुने खाने र हुँदा खाने वर्गलाई एकैनासले सुत्केरी पोषण रकम वितरण गर्न नहुने तर्क गर्छिन् । वास्तविक गरिब, पिछडिएको समुदाय वा उनीहरुको अवस्था हेरेर सहयोग गरे उपचार नै नपाएर आमा र बच्चाको मृत्यु हुने क्रममा कमि आउने उनको तर्क छ ।
सुत्केरी पोषण कार्यक्रम प्रभावकारी बन्दै गएपछि आगामी वर्षहरुमा पनि व्यवस्थित रुपले सञ्चालन गर्ने उपमहानगरको तयारी छ । जसले गर्दा सरकारलाई जनताका झुपडी सम्म पु¥याउँन भूमिका खेल्नु उपमहानगरको दाबी छ ।
घरदैलोको सरकारले जनतालाई सहज सेवा दिनु पर्छ भन्ने उद्देश्यले नगरले केही नयाँपनका काम गरिरहेको छ । मेयर हेमकर्ण पौडलले हरेक नागरिकलाई जति सक्दो चाडो र भरपर्दाे सेवासुविधा दिनेबारे गम्भीर रहेको बताए । ‘सरकार भएको अनुभुति हुने गरी इटहरीमा काम हुँदै गएको छ, उनले भने ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]