सीमामा तस्करी बढेसंगै शसस्त्र बिओपीहरुमा ब्यापक कमाण्ड हेरफेर

  • जेठ २, २०८० / नेपाल रेखा
alt

इटहरी । सीमा क्षेत्रमा चोरी तस्करीका घटना बढेसंगै कोशी प्रदेश अन्तर्गत नेपाल भारत सीमा क्षेत्रमा लामो समयदेखी खटिएका शसस्त्र प्रहरी युनिटलाई फिर्ता बोलाउन थालिएको छ । दुई साताअघि स्याउ तस्करीमा संलग्न रहेको आरोपमा शसस्त्र प्रहरी बल बराह १ नं बाहिनी पकलीले सीमा सुरक्षा गुल्म घेराबारी झापाका शसस्त्र प्रहरी नायव उपरिक्षक सुमन शर्मा र विओपी केचना झापाका शसस्त्र प्रहरी निरिक्षक वकिल कुमार धानुकलाई कारबाही फिर्ता बोलाएर कारबाही थालेको शसस्त्र प्रहरीले ५ जनामाथि कारबाही गरेको छ । शर्माको ठाउँमा शसस्त्र प्रहरी नायव उपरिक्षक प्रभात कुमार गौतम र धानुकको ठाउँमा शसस्त्र प्रहरी निरिक्षक जितेन्द्र बस्नेतलाई पठाइएको शसस्त्र प्रहरी बल बराह बाहिनी पकलीले अन्य ११ जना माथि कारबाही प्रकृया सुरु गरेको जनाएको छ ।
कोशी प्रदेशका नेपाल भारत सीमा जोडिएका बोर्डर आउट पोष्टमा लामो समयसम्म एउटै युनिट खटिदा तस्करी बढेको गुनासो आएपछि उक्त युनिटहरु परिवर्तन गरिएको शसस्त्र प्रहरी बल बराह बाहिनी कोशीका प्रमुख प्रहरी नायब महानिरिक्षक अञ्जनी पोखरेलले बताए । लामो समयसम्म सीमा सुरक्षार्थ एउटै गुल्ममा खटिएका अधिकृत सहितको टोलीलाई समेत फिर्ता बोलाएर सो ठाउँमा नयाँलाई जिम्मेवारी दिइएको पोखरेलले जानकारी दिए । उनका अनुसार विओपी बसन्तपुर सुनसरीमा कार्यरत शसस्त्र प्रहरी निरिक्षक सुमन रानाभाटको टोलीलाई फिर्ता बोलाएर शसस्त्र प्रहरी निरिक्षक नारायणप्रसाद विकलाई पठाइएको छ । विओपी नक्कलबन्दा झापामा शसस्त्र प्रहरी नायव निरिक्षक ऋषिराम खत्रीको ठाउँमा शसस्त्र प्रहरी नायव निरिक्षक माधव खत्रीलाई खटाइएको छ । विओपी आमगाछी झापामा कार्यरत शसस्त्र प्रहरी नायव निरिक्षक पुरनलाल राजवंशीको ठाउँमा शसस्त्र प्रहरी नायव निरिक्षक आशकुमार कुमाललाई खटाइएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टामा ७० जनाको टोली परिवर्तन गरिएको छ । अर्को प्रस्तावित सीमा सुरक्षा गुल्म रानीका ७८ जनालाई फिर्ता बोलाइएको छ । विओपी दरैया मोरङका २१ जना टोलीलाई पनि परिवर्तन गरिएको छ । विओपी बसन्तपुर सुनसरीका २० जना र विओपी अमडुवा सुनसरीका १८ जनालाई समेत परिवर्तन गरिएको पोखरेलले जानकारी दिए । कार्य सम्पादन सन्तोषजनक नभएका सात जना शसस्त्र प्रहरी कर्मचारीहरुलाई तराईका विओपीबाट पहाडी गुल्ममा पठाइएको छ । सीमा सुरक्षालाई मजबुद बनाउन पहाडी गुल्मबाट तराईका विओपीहरुमा ६० जना जनशक्ति थप गरिएको डिआइजी पोखरेलले बताए । बाहिनीले मातहका विओपी तथा सुरक्षा वेसहरुमा कार्यरतरहि सन्तोषजनक काम नगर्ने शसस्त्र प्रहरी कर्मचारीलाई त्यहाँबाट झिकाई कारबाही स्वरुप सुधारोन्मुख तालिम दिन सुरु गरेको जनाएको छ । उक्त तालिममा झापा, मोरङ्ग सुनसरीका विभिन्न गणका २ सय सात जना शसस्त्र प्रहरी कर्मचारीलाई सहभागी गराइएको जनाइएको छ ।
यसैबिच सीमा क्षेत्रमा हुने अबैध गतिबिधि रोक्न भारतसंग सीमा जोडिएको सुनसरीको ६३ किलोमिटर क्षेत्रमा सुनसरी प्रशासनले बिशेष अभियान चलाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे नेतृत्वको सुरक्षा समितीले सीमा क्षेत्रबाट हुने चोरी तस्करी र अपराधिक गतिबिधि रोक्न नियमित अनुगमन, समन्वयत्मक छलफल र प्रचारप्रसार लगायतका कार्यक्रमलाई तिब्रता दिएको हो । जिल्ला सुरक्षा समितीको टोलीले सीमा क्षेत्रका स्थानियको समस्या पहिचान र समाधानको लागि पनि पहल थालिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । सीमा क्षेत्रमा तस्करी बढेको गुनासो आएसंगै लामो समय रहेका जनपथ प्रहरीको युनिटका टोलीहरुलाई समेत परिवर्तन गरिएको ढकालले बताए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]