निर्धारित आयोजनाहरु समयमा सम्पन्न हुनुपर्नेमा मन्त्री चापागाईंको जोड

  • जेठ २, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । कोशी प्रदेश अन्तर्गत भोतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशमा भइरहेको विकास निर्माणको प्रगती एवं त्यसमा देखिएका समस्या विषयमा मंगलबार समीक्षा गरेको छ ।
मन्त्रालयले आफनो मातहतमा रहेको भौतिक पूर्वाधार तथा सहरी विकास भवन कार्यालयका प्रमुखहरुसंग मंगलबार विराटनगर स्थित मन्त्रालयमा अन्तरक्रिया गर्दै कामको प्रगतीबारे समीक्षा गरेको हो ।
मन्त्रालयल आयोजना भएको कार्यक्रममा चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकको भौतिक एवं आर्थिक प्रगतीको समीक्षा गरिएको थियो । मन्त्रालय अन्तर्गतका प्रदेशमा रहेका सातवटा भौतिक पूर्वाधार कार्यालय तथा सहरी विकास भवन कार्यालयका प्रमुखहरुले कामको प्रगती र समस्यबारे जनाकारी गराएका थिए ।
भौतिक पूर्वाधार कार्यालय मोरङका प्रमुख सुशिल श्रेष्ठले जिल्लामा अहिले सम्म ४२ किलोमिटर सडक विस्तार गर्दै कालोपत्रे गर्ने कार्य सम्पन्न भएको जानकारी गराए । त्यस्तै कार्यालयले ३४ किलोमिटर सडक ग्रावेल ५ वटा पक्कि पुल तथा ९ वटा झुलुंगे पुलको निर्माण कार्य सम्पन्न भएको बताए ।
भौतिक पूर्वाधार कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले भौतिक तथा वित्तिय प्रगती सन्तोषजनक रहेको भन्दै कतिपय योजनाहरु सम्पन्न हुदा पनि भुक्तानी गर्न वजेटको समस्या हुने गरेको बताए । कतिपय योजनाहरु सम्पन्न भएपनि निर्माण कम्पनिलाई वजेटको अभावमा भुक्तानी दिन नसकेको उनको गुनासो थियो ।
कार्यक्रममा भौतिक पूर्वाधार कार्यालय उदयपुरका प्रमुख गंगासागर यादव, भौतिक पूर्वाधार कार्यालय भोजपुरका प्रमुख राजेश्वर महत्तो लगायतले बजेटको अभाव कर्मचारी तथा कर्मचारीको समय अगावै सरुवा, निर्माण कम्पनिहरुले समयमा काम सम्पन्न नगर्दा समस्या हुने गरेको गुनासो गरे ।
सो अवसरमा भौतिक पूर्वाधर विकास मन्त्री दुर्गाप्रसाद चापागाईले वर्षायाम शुरु हुन लागेकाले निर्धारित आयोजनाहरु समयमा सम्पन्न हुनुपर्नेमा जोड दिए । कार्यालय प्रमुहरुबाट आएका सुझावप्रति आफू गम्भिर रहेको भन्दै यसको सहि रुपमा कार्यान्वयन हुने उनको भनाइ थियो ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव मोहनराज चापागाईले मन्त्रालयले विकास निर्माणका योजनाहरुलाई महत्व दिएकाले योजनाहरु समयमा पुरा हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमा मन्त्रालयका महाशाखा प्रमुख रेवतीरमण पराजुलीले मन्त्रालयले गरिरहेको कामको बारेमा कार्यक्रममा जानकारी गराएका थिए ।

सुनको मूल्य तोलामा १ ...

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु ...

सुनको मूल्य निरन्तर ...

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर ब ...

इटहरीमा दिप प्रज्ज्व ...

इटहरी । सुनसरीको इटहरीमा १७ औं गणतन्त्र दिवस मनाइएको छ ...

चुरे उत्थानशील आयोजन ...

इटहरी । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको उपलक्ष्यमा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]