घुस खाने कर्मचारीलाई अख्तियारले समात्नु पर्छ–न्यायाधीश अधिकारी

  • वैशाख ३१, २०८० / नेपाल रेखा
alt

इनरुवा । सुनसरी जिल्ला अदालतका न्यायाधीश र नेवाए सुनसरीका कानुन व्यवसायी विच शुक्रबार अन्तरक्रिया सम्पन्न भएको छ । सुनसरी वारले सेवाग्राहीलाई सुविधा दिन, न्याय छिटो छरितो र चुस्त दुरुस्त दिन मंसिर ४ गतेको निर्वाचन अघि ३६ बुदे सुझाव दिएकोमा अदालतबाट केही विषयमा सुधार भएको र केहीमा सुधार ल्याउने प्रयास भइरहेको सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीले बताए ।
अन्तरक्रियामा उठेका प्रश्नको जवाफ दिदै न्यायाधीश अधिकारीले भन्नु भयो सेवाग्राही संग कुनै कर्मचारीले घुस मागेमा वा काममा आलटाल गरेमा मलाई व्यक्तिगत रुपमा भेटेर भन्नु होला तुरुन्त कारबाही हुने छ । सेवाग्राहीको काम नगर्ने एक कर्मचारीलाई केही महिना अघि कारबाही गरिएको न्यायाधीश अधिकारीले दावी गरे । अन्तरक्रियामा पुरानै समस्याहरु भुमी सुधार तथा मालपोत कार्यालयबाट अदालतले माग गरेका कागजात समयमा नआउने गरेको, जग्गा खिचोला मुद्दामा नाप नक्सामा अमिनले केन्द्रविन्दु पत्ता नलाइकन हावाका भरमा नाप नक्सा गर्ने गरेको । अमिन पिच्छे नाप नक्सामा फरक पर्ने गरेको साथै पुराना मुद्दाका आधारमा नाप नक्सा नगरेर पहुँचका भरमा र पैसाका भरमा नाप नक्सामा जाने गरेका विषयमा कानुन व्यवसायीहरुले कुरा राखेको थिए ।
तहसिल फाँटमा तहसिल दारले सेवाग्राहीका कामहरु इमान्दारीता पुर्वक काम नगरेको, जबाफदेहीता बहन नगरेको, आर्थिक प्रलोभनमा पर्ने गरेको लगायतका विषयमा कानुन व्यवसायीहरुले गुनासो राखेका थिए । सेवाग्राहीसंग कर्मचारीले घुस माग्न नहुने जसले घुस माग गर्दछ अख्तियारलाई बोलाइने न्यायाधीशको भनाइ थियो । स्वाब परिक्षण प्रतिवेदन ढिलो भएको विषयमा उठेका प्रश्नको जवाफमा स्वाब परिक्षण छिटो पठाई दिन केन्द्रिय प्रविधि विज्ञान समक्ष पत्राचार गरिएकोमा विज्ञको अभाव भएको जानकारी पत्र आएको बताए ।
अन्तरक्रियामा २ वर्ष पुराना मुद्दा १ हजार २ सय ८० थान रहेकामा पुराना मुद्दालाई प्राथमिकतामा राखेर फछ्र्यौट गर्दा १ सय १० थान बाँकी रहेका र अन्य मुद्दाहरु वर्षमा आव २०७९÷८० मा ६५ प्रतिसत फछर्यौट गने लक्ष्य लिएकोमा वैशाख तेस्रो साताको अभिलेख अनुसार ५४ प्रतिशत मुद्दा फछ्र्यौट भइसकेका न्यायधीश अधिकारीले बताए । पर्नेमा अन्तर कृयामा बरिष्ट अधिवक्ता सुमन चन्द्र कार्की, अधिवक्ताहरु राजु ढकाल, शिवराज चौहान, लक्ष्मण न्यौपाने, नवराज आचार्य, प्रकाशराज ओझा, शंकर पोखरेल, शालिग्राम पाण्डे, सौदगर साह, अबइन्द्र निरौला, रमेश दाहाल, रामबाबु घिमिरे, सुकदेव चौधरी, जयनारायण गुप्ता, गणेश पोखरेल लगायतले बालेका थिए । यसैगरि जिल्ला सरकारी वकील कायालयका जिल्ला न्यायाधिवक्ता एकराज अधिकारी, सुनसरी जिल्ला अदालतका तहसिलदार शम्भु भुजेलले उठेका प्रश्नको जबाफ दिएका थिए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]