उद्योग लिलामी हुने भएपछि मजदुरको ज्याला गुम्ने चिन्ता

  • वैशाख ३०, २०८० / नेपाल रेखा
alt

इटहरी । बैंक ठगीको आरोपमा नारायण भेजिटेवल इण्डष्ट्रिज प्रालिका सञ्चालक पक्राउ परेदेखि आफनो पारिश्रमिक पाउन नसकिरहेका मजदुरहरु नेपाल बैंकले उक्त उद्योग लिलामी गर्न लागेपछि थप चिन्तित बन्न पुगेका छन् ।
उद्योग सञ्चालक पक्राउ परेको लामो समय पछि नेपाल बैंक लिमिटेड कर्जा असुली विभागले उक्त उद्योग लिलामी गर्न बोलपत्र आह्वान गरेपछि सो उद्योगका मजदुरहरु थप चिन्तित बन्न पुगेका हुन् ।
सुरेशकुमार अग्रवाल र कृष्णकुमार अग्रवालले सञ्चालन गर्दै आएको नारायण भेजिटेवल इण्डष्ट्रिज प्रालि र अन्नपूर्ण सोप सञ्चालकहरु पक्राउ परेपछि उद्योग सञ्चालन हुन छोडेको र ती उद्योगहरुमा काम गर्ने मजदुरहरुले हालसम्म पारिश्रमिक नपाएको कारखाना श्रमिक संघका केन्द्रिय सहअध्यक्ष गुलावचद चौधरीले गुनासो गरे । उनले उद्योगको स्वामित्व बैकले ग्रहण गरेपछि मजदुरहरुको व्यवस्थापन पनि गर्नु पर्नेमा नगरेको भन्दै आफुहरु लिलाम गर्न नदिने बताउछन् ।
लगानी गर्दा श्रमिकलाई पनि सुरक्षित बनाउने गरी राज्यले नीति नियम बनाउनु पर्नेमा जोड दिदै नेपाल टे«ड युनियन काँग्रेसका राष्ट्रिय उपमहासचिव ज्योति कोइराला जसले लिएपनि मजदुरहरुको समस्या समाधान नगरे उपभोग गर्न नदिने बताउछन् ।
बैकले लिलाम गर्ने तयारी गरेपछि मजदुरहरुले पत्रकार सम्मेलन गरी आफूहरुका पारिश्रमिक उपलव्ध नगराएसम्म कसैलाई पनि उपयोग गर्न नदिने तथा आफ्ना माग सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । यता नेपाल बैक लिमिटेडको कर्जा असुली विभागले यही वैशाख १० गते लिलामीका लागि २१ दिने गोप्य शिलवन्दी बोलपत्र माग गरिसकेको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]