मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको फेला

  • वैशाख २७, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगरका कतिपय मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ ।
विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा तोकिएको मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको पाइएको हो । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे नेतृत्वको टोली मंगलबार विराटनगर ८, ९ र १० वडा नम्बरमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरेको थियो । सो क्रममा कतिपय पसलले वध गर्ने र बिक्री कक्षसँगै रहेको पाइएको छ । त्यसैगरी राम्ररी सिसा नलगाउँदा झिंगा भन्किएको भेटिएको थियो । उपभोक्ताले सफा, स्वच्छ मासु उपभोग गर्ने अधिकार भएको वडा नम्बर १९ का अध्यक्षसमेत रहनु भएका समितिका संयोजक घिमिरेको बताउनुभयो । उहाँले महानगरले सञ्चालन गरेका विभिन्न अभियानअन्तर्गत माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको उल्लेख गर्नुभयो ।
अनुगमन टोली पुगेपछि कतिपय मासु पसल सञ्चालक बन्द गरेर हिंडेका थिए । अनुगमनका क्रममा मासुको गुणस्तर, पसलको व्यवस्थापन, दर्ता, नविकरणलगायतका काजजातसमेत हेरिएको महानगरको पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । अनुगमनमा संयोजक घिमिरे, शाखा प्रमुख यादव, डा. सराहना सुवेदी, गणेशप्रसाद पौडेल, नगर प्रहरीका सई तीर्थ खत्रीलगायतको सहभागिता रहेको थियो । अनुगमन टोलीले दर्ता र नविकरण नगरेका पसललाई १५ दिनभित्र दर्ता र नविकरण गर्न अल्टिमेटमसहितको पत्र दिएको थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]