महानगरद्वारा मासु पसलको अनुगमन तीव

  • वैशाख २६, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरपालिकाले माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको छ ।
हाटबजारमा खुल्ला रुपमा बिक्री गर्न रोक लगाएको महानगरले सटरमा सञ्चालित पसलको समेत अनुगमनलाई तीव्रता दिएको हो । महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादव नेतृत्वको टोलीले सोमबार विराटनगरको रोडशेष र कोशी प्रोजेक्ट आसपासका मासु पसलको अनुगमन गरेको छ । सो क्रममा टोलीले पसलको दर्ता, नवीकरण, फोहोर व्यवस्थापनको सदस्य भए नभएको, मासु पसल सञ्चालनका लागि तोकिएको मापदण्ड पूरा भए नभएको लगायतका विषयमा समेत अनुगमन गरेको थियो ।
कतिपय पसलले जिउँदो कुुखुरा र बिक्री कक्ष नजिक राखेकाले सुधार्न टोलीले निर्देशन दिएको थियो । उपभोक्ताले सफा, सुग्घर र ताजा मासु उपभोग गर्न पाउन् भन्ने उद्देश्य राखेर महानगरले अनुगमनलाई तीव्रता दिएको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले बताए। महानगरले माछामासुको पसल अनुगमन गरेर राम्रो कार्य गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका थिए । अनुगमन टोलीमा महानगरको नगर प्रहरीका प्रमुख राजन पौडेललगायतको सहभागिता रहेको थियो । मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर, उज्यालो र व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दै आएका छन् ।

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]