हुलाकी सडक निर्माणमा ढिलासुस्ती भएपछि प्रशासनको चासो

  • वैशाख २६, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
मोरङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मोरङ जिल्लाको हुलाकी सडकको निर्माण कार्य पुनः शुरु गर्ने निर्माण व्यवसायीहरुले प्रतिवद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा सोमाबार भएको छलफल कार्यक्रममा मोरङको हुलाकी सडकको बाँकी खण्ड १८ किलोमिटर सडकमा वैसाख २८ गतेवाट शुरु गर्न लागेको निर्माण व्यवसायीहरुले जनाएका छन् ।
विरानगर–रंगेली–आमवारी हुलाकी सडक निर्माणको काम पटकपटक अवरुद्ध हुदा आवत जावतमा सर्वसाधारणले सास्ती व्योहर्दै आएका छन् । ठेकेदार कम्पनीहरुले पहिलेको कालोपत्रे अवस्थामा रहेको सडक वनाउने नाममा अहिले सडक भत्काएपछि सवै सडक धुलाम्मे भएका छन् । जसका कारण सर्वसाधारणलाई आवत जावतमा निकै समस्या हुने गरेको छ । सडक भत्कदा उपचारका लागि विराटनगर आउने विरामी तथा वृद्धवृद्धाहरु मारमा परेका छन् ।
सडक निर्माणको काम रोकिएपछि त्यसलाई सुचारु गर्न जिल्ला प्रशासन कार्यालय मोरङले छलफल कार्यक्रमको आयोजना गरेको हो ।
मोरङको बेतौनादेखि नयाँ वजार छाला कारखानासम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा गजुरमुखी कन्सट्रक्सनले पाएको छ । लामोसमयदेखी भत्केको अवस्थामा रहेको उक्त सडक द्रुत रुपमा निर्माण शुरु गर्ने कन्सट्रक्शनका प्रमुख सन्तोष गौतमले जनाए ।
यस्तै छाला कारखानादेखि विराटनगरको सिंगिया खोलासम्म ६ किलोमिटर सडक निर्माणको जिम्मा श्रेष्ठ कन्ट्रक्सनले पाएको छ । सडक निर्माणमा अब कुनै ढिलाई नहुने श्रेष्ठ कन्ट्रक्शनका शुभाष श्रेष्ठले जानकारी दिए ।
यस्तै छलफल कार्यक्रमा पूर्वपश्चिम राजमार्गको पथरीदेखि रंगेलीको भारतीय सीमासम्मका ३० किलोमिटर लिङ्क सडकमा निर्माण कुनै किसिमको ढिलाई नगर्ने कान्छाराम कन्ट्रक्शनका प्रतिनिधि दिपक थिङ्गले बताए । हुलाकी सडक कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले निर्माण कम्पनीहरुले कामको विल पेश गरेकाको आधारमा रकम भुक्तानीको कुनै समस्या नरहेको जानकारी दिए । सडक निमार्णका लागि पटकपटक आग्रहगर्दापनि निमार्ण कम्पनीहरुले आलटालगर्ने गरेको उनको भनाइ छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले हुलाकी सडक निर्माण रोकिएका कारण जनताले धेरै दुःख एवं सास्ती भोग्नु परेकोले अविलम्व निर्माण शुरु गर्न निर्देशन दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललले निर्माणको गुणस्तरीय मूल्याङकन समीक्षा बैठकमा गरिन भएकाले सोही अनुसार कार्य गर्न आग्रह गरे । कार्यक्रममा रंगेली, रतुवामाई नगरपालिका, कानेपोखरी, सुनिवर्षी,कटहरी, धनपालथान प्रमुखहरु क्रमशःदिलिपकुमार अग्रवाल, नागेश्वर प्रसाद सिंह, राजमती इङ्गनाम, श्यामप्रसाद राजवंशी, देवराज चौधरी, जिवछप्रसाद गच्छदारले तोकिएको समयमा निर्माण कार्य शुरु गर्न आग्रह गर्दै त्यसो नभए जनता संगै आन्दोलनमा उत्रने चेतावनी दिए।
कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह,जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख, हुलाकी सडक आयोजनाका कर्मचारीहरु एवं निर्माण कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]