सुनसरी । भारतीय सिमावर्ती क्षेत्रबाट हुने स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक कारबाहीमा परेका छन् ।
बैशाख २३ गते झापाको केचनाबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १ सय १५ कार्टुन फूजी स्याउ सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको थियो । उक्त स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म घेराबारी झापाका प्रहरी नायब उपरिक्षक सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरिक्षक ओकिल धानुक कारबाहीमा परेका हुन् । उनीहरूलाई तस्करीमा संलग्न रहेको आरोपमा कारबाही स्वरूप सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनी मुख्यालय सुनसरीमा तानिएको छ ।
प्रहरीले कचनकवल स्थित लोदाबरी चोकमा मे१ज २८०४ नम्बरको टाटा गाडीमा एक सय १५ कार्टुन स्याउ बरामद गरेपछी सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईँको संयोजकत्वमा छानबनि समिति गठन भएको थियो । छानबिनका क्रममा शर्मा र धानुकको समेत संलग्नता देखिएपछि अनुसन्धानका लागि मुख्यालय तानिएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरिक्षक डिआइजी अञ्जनीकुमार पोख्रेलले बताए । शर्माको ठाउँमा डिएसपी प्रभात गौतम र केचनामा प्रहरी निरिक्षक जितेन्द्रबहादुर बस्नेतलाई पठाइएको छ ।
छानबनि समतितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै पोखरेलले प्रारम्भिक छानबनिको क्रममा दुबै जनाको घटनामा संलग्न रहेको देखिएकोले प्रतिवेदन आएपछी दोषी ठहरेमा थप विभागीय कारबाही हुने पोखरेलले बताए ।
यसैबिच बरामद गाडी सहितको स्याउ जफत गरेर १४ लाख ५६ हजारमा लिलामी गरिएको राजस्व अनुसन्धान कार्यलय इटहरीले जनाएको छ । यसअघि पनि सुनसरीमा लौकहीमा ३ ट्रक स्याउ तस्करीमा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीको संलग्नता पुष्टी भएको थियो । भारतीय सीमावर्ती क्षेत्रबाट हुने तस्करीमा प्रहरीकै संगलग्नता हुने गरेको गुनासो बढेपछी पुरानो टोलीलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन सुरु गरिएको डिआइजी पोखरेलले बताए ।