अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण महानगरको प्राथमिकतामा–मेयर कोइराला

  • वैशाख १८, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनौचारिक क्षेत्रमा आबद्ध श्रमिकहरूको अभिलेखीकरण महानगरको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मेयर कोइरालाले अनौपचारिक क्षेत्रमा थुप्रै श्रमिक आबद्ध रहेकाले उनीहरूको अभिलेखीकरण गर्नु आवश्यक रहेको औंल्याउनु भएको छ । मेयर कोइरालाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले भोगेका समस्या समाधान गर्नसमेत महानगरका तर्फबाट सदैव पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले श्रमिकको सम्मान गरेकै कारण मुलुकले आशा गरेअनुसारको प्रगति नगरेको उल्लेख गरेका छन् । “जुन देशले श्रमिकहरूको सम्मान गरेका छन् तीे देशहरूले मात्रै आर्थिक रुपमा प्रगति गरेका थुप्रै उदाहरणहरू छन्,” सन्देशमा भनिएको छ, “हाम्रो मुलुकमा अझै पनि श्रमिकलाई उचित सम्मान दिन नसकेकै कारण देशले सोचेअनुसारको आर्थिक प्रगति गर्न सकेको छैन ।”
नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको मेयर कोइरालाले बताएका छन् । “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु आवश्यक देखिन्छ । मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न महानगरपालिका सधैं कटिबद्ध रहेको छ,” निजी सचिवालयमार्फत जारी शुभकामना सन्देशमा भनिएको छ ।
मेयर कोइरालाले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीहरू उत्तरोत्तर प्रगति, सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घजीवनको कामनासमेत गरेका छन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]