अबदेखि इटहरी अस्पतालमा २४ सै घण्टा उपचार

  • वैशाख १६, २०८० / नेपाल रेखा
alt

इटहरी । यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिने इटहरी पूर्वको महानगर उन्मुख सहर हो । तर, जनतालाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सवालमा अस्पतालमा उपचार गर्न आएका विरामीहरु उपचार हैन रेफर लिएर फर्कनुपर्ने बाध्यता थियो । अब भने इटहरीमा २४ सै घण्टा उपचार हुने भएको छ ।
शुक्रबारदेखि इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी सेवा सुरु भएको हो । यसको औपचारिक उद्घाटन मेयर हेमकर्ण पौडेलले गरे ।
‘चुनाबताका प्रतिबद्दता गरेका वाचा पुरा गर्ने क्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आकस्मिक सेवासँगै ल्याब र फार्मेसी सेवाको सुरुवात गरिएको हो,’ मेयर पौडेलले भने । उनका अनुसार अहिले १५ सै¥याबाट आकस्मिक सेवा दिन थालिएको छ ।
अस्पतालको थप भवन निर्माणधीन अवस्थामा रहेकाले गर्दा त्यो पूरा भएपछि अरु सै¥या थप गरिनेछ । अहिले फार्मेसीमा सीमित औषधी भएपनि एक महिनाभित्रमा पर्याप्त औषधीको व्यवस्था गरिने पनि जानकारी दिइयो । अब एक वर्षभित्रमा आइसियू, एनआइसियू र भेल्टिलेटरको समेत व्यवस्था गरिने मेयर पौडेलले बताए ।
यहाँका बासीन्दाले विशेष उपचारका लागि धरान, विराटनगर वा सिलिगुडीका अस्पताल धाउनुपर्ने बाध्यता रहेको अब कमी आउने निश्चित छ । अहिले इटहरी अस्पतालमा चार जना विशेषज्ञ चिकित्सक हाडर्जोनी, स्त्री रोग, बालरोग र फिजिसियन थप गरेर सेवा दिन थालिएको छ। साथै, छ जना मेडिकल अधिकृत रहेको अस्पताल प्रशासनले जनाएको छ। आवश्यकता अनुसार अरु चिकित्सक र मेडिकल अधिकृत थप गरिने योजना रहेको अस्पताल प्रमुख दामोदार गौतमले बताए ।
सघन बसोबासका लागि देशैभरि रुचाइएको इटहरीमा जनघनत्व दिदिनै बढ्दै छ । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ ।
इटहरीमा ठूला लगानीमा केही स्वास्थ्य–संस्था स्थापना नभएका भने होइनन् । केही वर्षअघि ठूलो लगानीमा खुलेका टिआर हस्पिटल, सिटी हस्पिटल, मेडिस्कट हस्पिटल र पूर्वाञ्चल हस्पिटललगायत स्वास्थ्य–संस्थाहरू बन्द भए । ती संस्थाहरू स्थायी विशेषज्ञ चिकित्सक, विशेष उपकरणको अभाव तथा सेवाग्राहीमा विश्वासको भावना जगाउन नसेकाले बन्द भएको पाइन्छ । हाल सञ्चालनमा रहेका सामुदायिक अस्पताल, एपेक्स हस्पिटल, पञ्चकोसी पोलिक्लिनिकलगायत स्वास्थ्य–संस्थामा दक्ष जनशक्ति, विशेष प्रकारका उपकरण, भौतिक पूर्वाधार तथा स्थानको अभाव रहेको देखिन्छ । यस अवस्थामा इटहरी अस्पताललाई व्यवस्थित गरि सेवा थप गरिरहँदा इटहरीसहित आसपासका बासीन्दाले लाभ लाभ प्राप्त गरि रहेका छन् ।

Hemkarna Paudel

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]