निर्माण कम्पनिद्वारा तीन दिनभित्रमा तरहरा–सेउतीको काम थाल्ने लिखित प्रतिबद्धता

  • वैशाख १३, २०८० / नेपाल रेखा
alt

इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाको चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक तीन दिनभित्रमा थाल्ने सहमति भएको छ । निर्माण कम्पनि, इटहरी उपमहानगरपालिका र छ लेन सडक आयोजनाबीच बुधबार भएको छलफलमा निर्माण कम्पनिले तत्काल तीन दिनभित्रमा सडक थाल्ने लिखित सहमति गरेको हो ।
इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनिलाईं उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको थियो । निर्माण कम्पनिले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिएको थियो । उपहानगरपालिकाले सडक सुस्त ढंगले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्धता सार्वजनिक गर्न तीन दिने अल्टिमेटम समेत दिएको थियो ।
निर्माण कम्पनिका ठाकुर कडेलले केन्द्रीय ल्याबबाट कालोपत्रे गर्नका लागि ल्याबको रिपोर्ट अब १२ दिनसम्म आइ सक्ने र आइतबार (वैशाख १७ गते) देखि धुलो सफा गरेर कालोपत्रेको तयारी थालिने बताए । ‘इष्टमेटभन्दा ५० लाखभन्दा बढीको पनि काम भयो,’ उनले भने, ‘कोरोनापछिको आर्थिक समस्याले गर्दा पनि केही ढिलाई हुन पुग्यो ।’ कडेलले असार मसान्तसम्म सानोतिनो कामबाहेक मुख्य कामहरु सक्ने प्रतिबद्धता जनाए ।
विराटनगर–धरान सडक खण्ड अन्तर्गत तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माण हुन बाँकी छ । सडक हिम धुङ् थोकर एण्ड पेसिफिक जेभी कम्पनिले ठेक्का लिएको हो ।
तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् पेसेफिक जेभीले ठेक्का पाएको सडक सुस्त निर्माण हुँदा सेउती पुलदेखि तिनकुनेसम्म रौताहा कन्ट्रक्सनले काम अन्तिम चरणमा पुर्याएको छ । जब कि दुईवटा सडक खण्ड एकैपटक ठेक्का लागेको थियो । ‘निर्माण कम्पनिकै कारणले तरहरादेखि सेउतीसम्मको सडक निर्माणमा ढिलाई भएको हो,’ छ लेन सडक विस्तार आयोजनाका प्रमुख दानबहादुर शाक्यले भने, ‘निर्माण कम्पनिले इच्छाशक्ति देखाए तोकिएको समयमा काम पुरा हुनेछ । चाँडो काम सुरु गर्दा एक लाइन मात्र भएपनि कालोपत्रे गरेमा सहज हुनेछ ।’
पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । छ लेन आयोजनाले भने चाँडो सडक नथाल्दा तोकिएको समयमा सडक पुरा नहुने जनाएको छ । ‘सडक पुरा सक्न निर्माण कम्पनीलाई ताकेता गरेर थुप्रैपटक पत्राचार गरिएको छ,’ शाक्यले भने, ‘जति सिरियस हुनुपर्ने त्यो मात्रमा भएको पाइएको छैन ।’
इटहरीका मेयर हेमकर्ण पौडेलले अब निर्माण कम्पनिले लिखित प्रतिबद्धता व्यक्त गरेको समयमा पनि सडक पुरा गर्ने विश्वास गरे ।
कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार हुन बाँकी छ । बाँकी रहेको दुहवी बजारमा पनि नगरपालिकाले नगरपालिकाको जग्गा ओगटेर बनाएका चालीस वटा घर भत्काएको छ । घर भत्काएसँगै छ लेन सडक विस्तार गर्न अब दुहवी बजार क्षेत्रमा पनि सहज भएको छ। इटहरीको चौरास्त चोकदेखि दक्षिण विराटनगर लाइनमा पनि सडक क्षेत्राधिकारभित्र पर्ने घर नहटाउँदा सडक विस्तार हुन समस्या भएकोमा एक महिनाअघि उपमहानगरपालिकाकै अगुवाईमा घर भत्काइएको थियो ।
२०६९–०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो । पुरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]