ऐतिहासिक तथ्यलाई ख्याल गर्न इटहरीका मेयरको सुझाव

  • वैशाख ११, २०८० / नेपाल रेखा
alt

इटहरी । इटहरी र धरान दुई उपमहानगरपालिका बिचको सीमा सम्बन्धी क्रियाकलापबाट आफ्नो ध्यानाकर्षण भएको इटहरी नगरप्रमुख हेमकर्ण पौडेलले बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गरी मेयर पौडेलले धरानका मेयर हर्क साम्पाङले धरानको सीमा बोर्ड इटहरीको क्षेत्रमा राखेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।
देशको सीमा संरक्षण गर्नुपर्ने अवस्था आएको समय अन्तरपालिका आपसमा विभाजित हुने किसिमको गतिविधिप्रति आफ्नो आपत्ती रहेको जनाउँदै मेयर पौडेलले विवादलाई सहमती मार्फत समाधान गर्न धरान नगरप्रमुख साम्पाङलाई आग्रह गरेका हुन् ।
२०१० साल भन्दा अगाडिबाट इटहरी धरानको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न मेयर पौडेलले सुझाएका छन् ।
सीमा विवादजस्ता संवेदनशील कुराले इटहरीवासीको भावनामा आँच आउने कुनै पनि क्रियाकलाप भएमा इटहरी नगर सरकार जस्तोसुकै कदम उठाउन पनि पछि नहट्ने नगरप्रमुख पौडेलले चेतावनी दिएका छन् । सहकार्य सहमतीमा विवाद समाधान नभएमा ऐतिहासिक तथ्यको आधारमा सीमा विवाद सम्बन्धमा संघिय सरकार र राज्य पुनःसंरचना आयोगले निर्धारण गर्ने उनको भनाइ थियो ।
दशकौँ अगाडीदेखि प्रहरी प्रशासन र सामुदायिक वन उपभोक्ता समितिहरूको क्षेत्राधिकार र नागरिक स्तरको सम्बन्धमा दरार आउन नदिनका लागि दुवै उपमहानगरपालिकाको नेतृत्वले आपसी समझदारी र समन्वयमा सीमाजस्तो संवेदनशील विषयमा आवश्यक कदम चाल्दा प्रभावकारी हुने मेयर पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]