तनहुँ १ मा रास्वपाका डा वाग्लेको दोब्बर अग्रता

  • वैशाख ११, २०८० / नेपाल रेखा
alt

दमौली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिनुभएको छ ।
गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ६ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता लिनुभएको हो । हालसम्म छ वडाको मतपरिणाम सम्पन्न हुँदा वाग्लेले पाँच हजार १९ मत प्राप्त गर्नुभएको छ । आँबुखैरेनी–१, आँबुखैरेनी–२, भानु–१०, भानु–८, भानु–३, भानु–७ र को नौ हजार दुई सय ५७ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले दुई हजार तीन सय ५१ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले एक हजार पाँच सय ४९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका डा वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गर्नुभएको छ । आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका डा वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत प्राप्त गर्नुभएको छ । भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका डा वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत प्राप्त गर्नुभएको छ । भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका डा वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र एमालेका खनालले दुई सय ७० मत प्राप्त गर्नुभएको छ ।
भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत प्राप्त गर्नुभएको छ । भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका डा वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ एमालेका खनालले तीन सय २९ मत प्राप्त गर्नुभएको छ । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]