इटहरी । पछिल्लो समयमा अनलाईनको प्रयोग बढेसंगै अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहार समेत वढी रहेका छन् । त्यसैलाई मध्यनजर गर्दै भ्वाईस अफ चिल्डे«नले इटहरीमा बालबालिकाहरुको सहभागितामा बालयौन दुव्र्यवहार न्यूनीकरणका विषय केन्द्रित कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
यही क्रममा भ्वाईस अफ चिल्ड्रेनले साथी शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
अभिमुखिकरण कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेनमा आवद्ध साथी शिक्षक बालबालिकाहरुलाई अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहार, कस्ता कस्ता अनलाईनसंग जोडिने सामाजिक सञ्जालबाट बालयौन दुव्र्यवहार हुन्छ कसरी त्यसबाट बालबालिकालाई जोगाउने लगायतका विषयहरु समावेश गरेर सहजिकरण गर्न गरिन्छ । साथी शिक्षक बालबालिकाहरुलाई अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहारबाट बच्ने विषयहरु जानकारी गराइने र साथी शिक्षक बालबालिकाहरुले जोखिममा पर्न सक्ने बालवबालिकाहरु सो विषयमा जानकारी गराएर सचेत बनाउने काम गर्ने भ्वाइस अफ चिल्डे«नकी साइवर सेफ्टी प्रोग्रामकी प्रोग्राम अफिसर लिला भुजेल बताउछिन् ।
अभिमुखिकरण कार्यक्रमम सहभागी साथी शिक्षक बालबालिकाहरु पनि आफुहरुले सिकेको कुराहरु वडा बाल संञ्जाल, बाल क्लव, समाज, विद्यालयहरुमा पुगेको सहजिकरण गर्दै बालयौन दुव्र्यवहार न्यूूनीकरणका लागि सहजिकरण गर्ने बताउछन् ।
अभिमुखिकरण कार्यक्रममा सुनसरीका इटहरी उपमहानगरपालिका, देवानगंज गाउँपालिका र वढी गाउँपालिकाबाट सहभागी भएका १७ जना साथी शिक्षकहरुको सहभागिता रहेको छ ।