काम ढिलो गरेको भन्दै निर्माण कम्पनिको गाडी नियन्त्रणमा

  • वैशाख ८, २०८० / नेपाल रेखा
alt

इटहरी । रानी विराटनगर धरान सडक खण्ड विस्तार अन्तरगत तरहरा देखि सेउती पुल सम्मको सडक खण्डको निर्माण जिम्मा पाएको निर्माणले ढिलासुस्ती गरेको भन्दै इटहरी उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ ।
निर्माण कार्य ढिलो हुंदा जनताले सास्ती पाइरहेको भन्दै पटकपटक चाँडो काम गर्न उपमहानगरपालिकाले आग्रह गर्दै आएपनि काम ढिलो गरेको गुनासो वढेपछि अनुगमनमा भएको नगरप्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले निर्माण कम्पनिको गाडी नियन्त्रण लिएको हो ।
अनुगमनका क्रममा जांदा काम नगरिएको पाइएपछि त्यहाँ रहेको निर्माण कम्पनिको गाडी उपमहानगरपालिकाले ल्याएको नगरप्रमुख हेमकर्ण पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । निर्माण कार्यसंगै हुदै आएका अन्य ठाउँमा काम सकिसक्दा पनि इटहरी–२० तरहरा देखि सेउती पुल सम्मको काममा ढिलासुस्ती भएको भन्दै निर्माण कम्पनिलाई वार्तामा आएर तीन दिन भित्रमा छलफल गरी सडकको काम गर्न समेत नगरप्रमुख पौडेलले आग्रह गरेका छन् ।
तरहरा देखि सेउती सम्मको सडक विस्तारको काम ढिलो हुँदा खाल्डाखुल्डी र भत्काइएका ठाउँहरुका कारण साना ठुला दुर्घटना हुने देखि लिएर धुलो धुवाँका कारण जनताको स्वास्थ्यमा समेत असर परिरहेको भन्दै गुनासा वढी रहेका छन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]