नुमिहाङ राईको राष्ट्रिय भेलामा उठ्यो पहिचानको मुद्दा

  • वैशाख ५, २०८० / नेपाल रेखा
alt

झुम्का । किरात राई बान्तावा नुमिहाङ समाजको शनिबार रामधुनी–१० बोटे सिमसारमा तेस्रो राष्ट्रिय भेला बृहतरूपमा सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम राजकुमार नुमिहाङ बान्तावा राईको अध्यक्षता तथा किरात राई बान्तावा खिम केन्द्रीय कार्यसमिती अध्यक्ष ज्ञान किराती (काम्दुङ) को उपस्थितिमा सम्पन्न भएको थियो । उनले मन्तब्यको क्रममा पहिचान सहितको संघियताको विषयमा प्रष्ट पारेका थिए । उनले संघीयता हुनेखाने वर्गको नभई पिछडिएको वर्ग र जातीको लागि र लोपोन्मुख भाषा संस्कृतिको लागि पनि आवश्यकता पर्ने बताए । त्यसैकारण उत्पीडित वर्ग जाति र भाषा संस्कृति कोसि प्रदेशले सम्बोधन नगर्ने बताउनुका साथै कोशी प्रदेशलाई तत्काल संसोधन गरि कोशी प्रदेशलाई पहिचानको आधारमा संशोधन गर्नु पर्ने बताएका छन् । आफ्नो इतिहास र सभ्यता जगेर्नाको लागि नुमिहाङ बान्तावा राईहरुको जस्तै संस्थाहरु एकजुट भै पहिचानको निम्ति संघर्ष गर्नु पर्ने बताए ।
साथै उक्त भेला द्वारा नयाँ ंकार्यसमिती समेत चयन भएको छ । जसमा अध्यक्ष नेत्र नुमिहाङ बान्तावा राई, उपाध्यक्ष लालबहादुर नुमिहाङ बान्तावा राई, सचिब राज नुमिहाङ बान्तावा राई, सहसचिब, सरन नुमिहाङ बान्तावा राई, कोषाध्यक्ष मेलिना लिम्बू राई, सहकोषाध्यक्ष सुसिला राई चयन भएका छन् ।
सदस्यहरुमाइन्द्र नुमिहाङ बान्तावा राई, रामप्रसाद नुमिहाङ बान्तावा राई, जितेन्द्र नुमिहाङ बान्तावा राई, धन नुमिहाङ बान्तावा राई, चेतमान नुमिहाङ बान्तावा राई गरि जम्मा ११ जनाको पदाधिकारी चयन भएकोमा नव निर्वाचित पदाधिकारीहरुललाई किरातीले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]