सिरुवा पर्वसंगै मेलाको रमझम

  • वैशाख ३, २०८० / नेपाल रेखा
alt

अर्जुन शर्मा
इटहरी । नयाँ वर्षमा आदिवासी समुदायले मनाउने सिरुवा पर्व सुरु भएसँगै इटहरीको थारु जातीय कुल देवता घर मानिने कचना महादेव ग्रामथानमा ३ बैसाखमा ठूलो धार्मिक मेला लागेको छ ।
पूर्वी तराईमा नयाँ बर्षको सुरुवातसंगै तीन दिनसम्म पानी, माटो र रङ खेलेर धुमधामसँग सिरुवा पर्व मनाउने प्रचलन छ । सिरुवा राजवंशी, ताजपुरीया, गनगाईं, थारू, माझी, मेचे, उराव, किसान, धिमाललगायत आदिवासी समुदायको सांस्कृतिक पर्व हो ।
नयाँ वर्ष सुरु भएकै दिनदेखि तीन दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गर्छन् । सिरुवा मनाइने पाँचवटा जिल्लामा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ ।
सिरुवाको अर्थ सुरुवात भएकाले यस्ता मेला बैसाखैभरी एक–एक दिन विभिन्न ग्रामथानमा लाग्नेछ । झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सिरुवाका अवसरमा प्रदेश सरकारले बिदा दिने गरेको छ ।
यसैबीच, इटहरी उपमहानगरपालिकाले आज (आइतबार) बैशाख ३ गते सार्वजनिक विदा दिएको छ ।
थारु जातीलाई प्रथम जाती घोषणा गरेको उपमहानगरपालिकाले थारु जातीले मनाउने सिरुवा पर्वको अवसरमा विदा दिएको हो ।
बैशाख महिनाभरी विभिन्न ग्रामथानहरूमा थारु समुदायले पूजा गर्ने र मेला महोत्सव आयोजना गर्ने गरेका छन् । थारु संस्कारलाई संरक्षण र सम्मान गर्दै ३ गते विदा दिइएको मेयर हेमकर्ण पौडेलले हस्ताक्षर गरेका सूचनामा उल्लेख छ ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]