विराटनगरलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी

  • चैत २३, २०७९ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ ।
पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले सरोकारवालासित बुधबार छलफल गरेको छ । विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने महानगरको योजना रहेको छ । मेयर नागेश कोइरालाले पूर्ण खोप सुनिश्चित घोषणाका लागि महानगरले तयारी तीव्र बनाएको बताए । मेयर कोइरालाको अध्यक्षतामा भएको छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले तथ्य र तयारीका आधारमा अनुगमन गरेर आउने प्रतिवेदनअनुसार पूर्ण खोप सुनिश्चिता भएको पालिका घोषणा गर्नुपर्नेमा जोड दिए । उनले प्रशासनका तर्फबाट महानगरलाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सबै खोप लगाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको बताए । उनले पूर्ण खोप सुनिश्चित पालिका हुनु विराटनगर महानगरका लागि विकासको एउटा सूचक भएको उल्लेख गरे । पूर्ण खोपका लागि पूर्वतयारी अन्तिम चरणमा पु¥याएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । महानगरका १९ वटै वडाका ५ वर्षमुनिका करिब ११ हजार बालबालिकाको जाँच गर्दा ७५ जना बालबालिकामात्रै खोपबाट वञ्चित भएको पाइएको थियो । उनीहरुलाई पनि खोप लगाइसकेको खोप अधिकृत अमरदीपकुमार देवले जानकारी दिए । पूर्ण खोप सुनिश्चित हुनका लागि ५ वर्षभन्दा मुनिका सबै बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमले तोकेअनुसारका सबै खोप लगाएको हुनुपर्ने देवले बताए । छलफलमा महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, समितिका सदस्य सरिता घिमिरे नेपाल, मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेल, जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, महानगरका सामाजिक महाशाखा प्रमुख अर्जुन थपलियालगायतको सहभागिता रहेको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]