इटहरी गोल्डकपको उपाधी दोस्रो पटक सगरमाथाले उचाल्यो

  • चैत १२, २०७९ / नेपाल रेखा
alt

इटहरी । १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकपको उपाधी सगरमाथा युथ क्लब मोरङले जितेको छ । इटहरी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा चर्च व्बाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले दोस्रो पटक उपाधी उचालेको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । चर्च ब्वाइजका फ्रेकलिंग तल्ला, रञ्जीत पाण्डे, मिलन राई, बिदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसोको प्रहार गोलमा परिणत भए पनि मनोज राईको प्रहार आकाशिएको थियो ।
सगरमाथाका अभिषेक लिम्बू, मेसुके ओलामावस, स्टेफिन बिनोंग, राजीव लोप्चन, महिन्द्र कार्की र बिबेक बर्माको प्रहार गोलमा परिणत भएपछी सगरमाथाले उपाधी जितेको हो । सगरमाथाले उपाधीसंगै नगद १० लाख हात पारेको छ । उपबिजेता चर्च ब्वाईजले ५ लाखमा चित्त बुझाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सगरमाथाका क्याप्टेन महिन्द्र कार्की घोषित हुनै नगद १ लाख पाए । सर्वाधिक गोल गरेका मछिन्द्र क्लबका आफिज ओलावालेले ३० हजार पाए । प्रतियोगिताको क्वाटरफाइनलमा ४ र सेमिफाइनलमा १ गरी उनले ५ गोल गरेका थिए । सगरमाथाका देब लिम्बु बेष्ट गोलकिपर, बिशाल बस्नेत बेष्ट डिफेण्डर, स्टेफिन बिनोंग बेष्ट फरवार्ड र याम गुरुंग बेष्ट कोच घोषित भए । चर्च ब्वाइजका मौषम लिम्बु बेष्ट मिडफिल्डर र म्यानअफ द फाइनल घोषित भए । उनीहरुले जनही नगद २० हजार हात पारे । चैत्र ४ गते सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए ।

itahari goldcup_final 2

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]