महिला दिवसमा वक्तृत्वकला प्रतियोगिता

  • फागुन २८, २०७९ / नेपाल रेखा
alt

इटहरी । महिला साकोसले आफ्नो वार्षिक कार्ययोजना अनुसार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
महिला दिवसका दिन सहकारी अभियानमा महिलाहरुको अवसर र चुनौतीहरु शीर्षकमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । साकोस अध्यक्ष अमृता सुब्बाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । साहित्यकार टीका आत्रेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन पुनम थापामगरले गरेकी थिइन् । सो प्रतियोगितामा इटहरी उपमहानगरपालिका तथा सुन्दरहरैंचा नगरपालिका क्षेत्रका ११ वटा विद्यालयहरुका छात्राहरुको सहभागिता रहेको थियो ।
जसमा प्रथम कोशी सेन्ट जेम्स स्कूलकी विद्यार्थी दिपिका लुइँटेल, दोस्रो कस्तुरी स्कूलबाट प्रियंका खत्री, तेस्रो ज्योति माबिबाट मुना कटुवाल भइन् भने सान्त्वनामा जनसहयोग माबिकि मनिषा घिमिरे भएकी थिइन् ।

mahila sakos mahila sakos 1

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]