किरात याक्थुङ चुम्लुङको बैठक चितवनमा

  • फागुन ८, २०७९ / नेपाल रेखा
alt

चितवन । किरात याक्थुङ चुम्लुङको २४ आँै राष्ट्रिय चुम्लुङ बैठक आइतबारदेखि भरतपुरमा सुरु भएको छ । बैठकको शुभारम्भ गर्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्वाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको बताए । उनले लिम्बू समुदायको भाषा, संस्कृति संरक्षणमा पहिला आफ्नै समुदाय एक भएर लाग्नुपर्छ भने ।
उनले भने, ‘सङ्घीय गणतान्त्रिक संविधानले मात्रै हाम्रो अधिकार संरक्षण गर्ने छ । सङ्घीयता, गणतन्त्र र संंंविधान कार्यान्वयनमा सहयोग पु¥याउन सकेमा मात्रै लिम्बूहरुको माग सम्बोधन हुन्छ ।’
कार्यक्रममा चुम्लुङकी केन्द्रय सल्लाहाकार चन्द्रमायाँ लिम्बू, प्रदेशसभा सदस्य उत्तम जोशी, बिनु रायमाझी, ईश्वर सापकोटा, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, चुम्लुङका पूर्वकेन्द्रीय सदस्य नरेन्द्र कन्दङ्वालगायतले बोलेका थिए ।
बैठकमा १३ जिल्लाका दुई सय ८८ जना प्रतिनिधि सहभागी छन् । दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकले आगामी कार्यदिशा र आफ्ना मागका विषयमा छलफल गर्ने चुम्लुङका जिल्ला अध्यक्ष जनक लिम्बूले बताए। नेपालमा लिम्बू समुदाय तीन लाख ८७ हजार तीन सय रहेका मध्ये चितवनमा आठ सयदेखि एक हजारबीचमा रहेका बताइएको छ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]