व्यवस्थित बनाउन सहकारीलाई एकीकरणमा लानुपर्छ:मेयर कोइराला

  • माघ २६, २०७९ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले सहकारीलाई बलियो बनाउन एकीकरण (मर्ज) मा जानुपर्नेमा जोड दिएका छन् ।
विराटनगर महानगरपालिकाको कृषि तथा सहकारी शाखाले आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दैै मेयर कोइरालाले सहकारीहरुबीच एकीकरण गरेर सञ्चालन गर्नु जरुरी रहेको औंल्याए । विराटनगरमा सञ्चालित केहीबाहेक अधिकांश सहकारीको आर्थिक अवस्था कमजोर रहेको मेयर कोइरालाको भाइ थियो । “सकिन्छ भने मर्चमा गएर व्यवस्थित गरौं,” उनले भने, “यदि मर्चमा नजाने हो भने व्यवस्थित र पारदर्शी रुपमा चलाउनुप¥यो ।” त्यस्तै सहकारीको भावना र मर्म विपरीत सञ्चालन गरिँदा सहकारी क्षेत्रमा समस्या सिर्जना भएको मेयर कोइरालाको भनाइ थियो । उनले सहकारीले गरिबी निवारणमा महत्वपूर्ण भूमिका हुने गरेको समेत चर्चा गरे ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले विराटनगरको सहकारीहरुको अवस्था दयनीय भएको बताइन् । उनले महानगरको न्यायिक समितिमा हरेक दिन ५ वटाभन्दा बढी उजुरी आउने गरेको समेत सुनाइन् । उनले भनिन्, “विराटनगरमा सहकारीको अवस्था दयनीय छ । हामी अनुगमनमा जाँदा खातापाता नै व्यवस्थित नभएको पाउने गरेका छौं ।” महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारीका सवालमा महानगर कठोर भएर प्रस्तुत हुने जानकारी दिए । अन्तरक्रियामा सहकारी क्षेत्रका व्यक्तिहरुले सहकारीहरुको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । महानगरभित्र कृषि, बहुद्देश्यीयसहित विभिन्न विषयगत १९२ वटा सहकारी सञ्चालनमा रहेको कृषि तथा सहकारी शाखाकी प्रमुख पृथ्वी बस्नेतले जानकारी दिइन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]