मेयर कोइरालाको नेतृत्वमा क्यासिनोको आकस्मिक अनुगमन

  • माघ १८, २०७९ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेतृत्वको टोलीले विराटनगरमा सञ्चालित क्यासिनोको मंगलबार राति आकस्मिक अनुगमन गरेको छ ।
उपमेयर शिल्पा निराला कार्की, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरी निरीक्षक राजन पौडेल, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन मैनाली, सचिवालयको टिमसहित पुगेको मेयर कोइराला नेतृत्वको टोलीले रत्ना होटल र विग होटलमा सञ्चालित क्यासिनोको अनुगमन गरेको हो । सो क्रममा टोलीले क्यासिनो सञ्चालनका लागि आवश्यक पर्ने कागजातसमेत हेरेको थियो । मेयर कोइरालाले क्यासिनामा आएका व्यक्तिहरुको परिचयपत्रसमेत हेर्नु भएको थियो ।
नेपालमा सञ्चालित क्यासिनामा नेपाली नागरिकलाई खेलाउन नपाउने कानुनी व्यवस्था रहेको छ । आजको अनुगमनमा दुईवटै क्यासिनोमा खेल्नेका लागि आएका नेपाली नागरिक नभेटिएको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी गराए ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]