नेपालगञ्ज भन्सारको राजस्व असुलीे घट्दै

  • माघ ५, २०७९ / नेपाल रेखा
alt

नेपालगञ्ज । एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ ।
आर्थिक वर्ष २०७८–७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन । भन्सार राजस्व असुलीमा गत वर्ष साउनमा १३१ दशमलव ४८ प्रतिशत लक्ष्य रहेकामा भन्सारले चालु आर्थिक वर्षको साउनमा लक्ष्यको ७५ दशमलव ७१ प्रतिशत मात्रै असुली गर्न सफल भएको छ । सो कार्यालयको भन्सार राजस्व असुली चालु आर्थिक वर्षमा लक्ष्यभन्दा कम देखिएको छ ।
चालु आव २०७९–८० को साउनमा एक अर्ब ७८ करोड पाँच लाख लक्ष्य पाएको भन्सारले जम्मा एक अर्ब ३५ करोड चार लाख र भदौमा दुई अर्ब २३ करोड ३६ लाख लक्ष्य पाएकामा एक अर्ब ४३ करोड ४९ लाख राजस्व असुली गरेको भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लीप्रसाद शर्माले जानकारी दिए । यो लक्ष्यको ६४ दशमलव २५ प्रतिशत हो ।
चालु आवको असोजमा भन्सार असुली घटेर लक्ष्यको ५५ प्रतिशतभन्दा कममा झरेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार, असोजमा रु दुई अर्ब ३४ करोड १९ लाख राजस्व असुलीको लक्ष्य राखिएकामा एक अर्ब २८ करोड ४८ लाख (५४ दशमलव ८७ प्रतिशत) मात्रै राजस्व असुली भएको छ ।
मङ्सिरमा नेपालगञ्ज भन्सारले लक्ष्यको ५५ दशमलव २१ प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ । भन्सारले दुई अर्ब ४९ करोड ५० लाख लक्ष्य पाएकामा एक अर्ब ३७ करोड ७४ लाख राजस्व सङ्कलन गरेको शर्माले बताए । पुसमा दुई अर्ब ६७ करोड छ लाख लक्ष्य निर्धारण गरिएकामा एक अर्ब ५० करोड ८० लाख राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको ५६ दशमलव ३० प्रतिशत हो । नेपालगञ्ज भन्सारले आव २०७८÷७९ मा २५ करोड २१ लाख छ लाख लक्ष्य पाएकामा रु २२ अर्ब ३१ करोड २६ लाख भन्सार राजस्व असुल गरेको थियो । यो लक्ष्यको ८८ दशमलव ५१ प्रतिशत हो ।
चालु आव २०७९÷८० का लागि अघिल्लो आव २०७८÷७९ मा भन्दा चार अर्ब बढी लक्ष्य नेपालगञ्ज भन्सारले पाएको छ  । अघिल्लो आवमा २५ अर्ब राजस्व असुलीमा असफल नेपालगञ्ज भन्सारलाई थप चार अर्ब बढी थपेर चालु आवका लागि लक्ष्य निर्धारण गरिएको हो । भन्सारले चालु आव २०७९–८० मा २९ अर्ब ३२ करोड ९५ लाख लक्ष्य निर्धारण गरेको हो । आव २०७८–७९ मा भन्सारले २५ करोड २१ लाख छ लाख लक्ष्य पाएको थियो । सरकारको आयात र निर्यात नीतिले यसलाई प्रभावित गरेको हुनसक्ने भन्सार अधिृत शर्माको भनाइ छ ।

चतरामा बरमझियाको पेड ...

सुनसरीको वराहक्षेत्र नगरपालिका-१, चतरास्थित कोसी पुल नज ...

मोटरबोटमा आन्तरिक पर ...

सुनसरीको वराहक्षेत्र नगरपालिका-६, बोराबाँधस्थित ...

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]