निर्वाचन पछि गठबन्धनकै सरकार–अध्यक्ष प्रचण्ड

  • मंसिर १, २०७९ / नेपाल रेखा
alt

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताएका छन् ।
वुधवार गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको हो भने ।
उनले भने “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो । देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने छ ।” परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उनले अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको छ भने ।
मङ्सिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उनले आग्रह गरे ।

देश विकास गर्नका लागि गठबन्धन ःप्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देश विकास गर्न गठबन्धन आवश्यकता रहको बताएका छन् ।
वुधवार नै ताप्लेजुङको सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले देश विकास र संविधानको रक्षा गर्न गठबन्धन आवश्यकता छ भने । देश अस्थिरताबाट जोगाउन र देश समृद्ध बनाउनका लागि गठबन्धन भएको उनले जनाउँदै यो गठबन्धनको लामो समयसम्म रहने दाबी गरे । उनले भने, “संसद् विघटनपछि यो गठबन्धन बन्न पुगेको हो । यो गठबन्धनले देश समृद्ध बनाउन बनेको छ । संविधानको रक्षा गर्दछ ।” उनले गठबन्धनको अबको सङ्कल्प देश विकास गर्नु नै हो भने ।

‘संविधान रक्षाका लागि गठबन्धनको सरकार जरूरी छ’
सुन्दरहरैँचा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र कम्युनिस्ट पार्टी मिलेमा मात्र देशमा ठूलो परिवर्तन हुने बताएका छन् ।
मोरङ निर्वाचन क्षेत्र नं ६ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले अहिले संविधानको रक्षा गर्नका लागि पनि गठबन्धनको सरकार देशमा आउन जरूरी रहेको उल्लेख गरे ।
जनताको जीवन परिवर्तन गर्नेगरी आर्थिक क्रान्ति नभएकाले चुनावपछि गठबन्धनको सरकार गठन गरेपछि लक्ष्यअनुसार काम गरेर देशलाई विकास र समृद्धितर्फ अघि बढाउन जरुरी रहेको उनको भनाइ थियो । उनले भने, “गठबन्धनको लहर देशैभर आएकाले अब हाम्रो सरकार बनेर अघि बढ्छ ।”
माओवादी केन्द्र र नेपाली कांग्रेस मिलेपछि मात्रै देशमा शान्ति आएको दाहालले उल्लेख गरे । “हामी जतिबेला नेपाली कांग्रेस र कम्युनिस्ट मिलेर अघि बढेका छौँ, देशमा ठूलाठूला परिवर्तन भएका छन् । जतिबेला हामीले आपसमा विवाद गरेका छौँ, देश निकै अप्ठ्यारोमा गएको छ”, उनले भने, “विस्तृत शान्ति सम्झौताको हस्ताक्षर गरेकै दिन गिरिजाबाबुतिर फर्किएर मैले ‘जय नेपाल’ भनेको हुँ र गिरिजाबाबुले पनि मतिर फर्किएर लालसलाम भने ।”
नेकपा (एमाले) नेतृत्वको गठबन्धनले देशलाई पछाडितिर धकेल्न खोजेको आरोप दाहालले लगाए । उनले मङ्सिर ४ को चुनाव एक प्रकारको जनमत सङ्ग्रह भएको बताए ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकार बनेपछि ६५ वर्षमै वृद्धभत्ता दिइने उल्लेख गर्दै भने, “अरु कुरा गर्छन्, हामी खुरुखुरु काम गर्छाैं ।”
उक्त बृहत् चुनावी आमसभामा मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शेखर कोइराला, प्रदेशसभा सदस्यका उम्मेदवार जीवन आचार्य, नेता डा डिला सङ्ग्रौला लगायतले बोलेका थिए ।
त्यसैगरी, ‘प्रचण्ड’ले मङ्सिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदार मुक्सामहाङ मेन्याङ्बोलाई जिताएर पठाए मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
धरानको भानुचोकमा गठबन्धनले आज आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै दाहालले माओवादी केन्द्रबाट उम्मेदवार बनेका मुक्सामहाङ मेन्याङ्बो युवा र केही गरौँ भन्ने हुटहुटी भएको उम्मेदारका रुपमा रहेको दाबी गरे । उनले प्रदेशसभा १ (१) का उम्मेदवार कांग्रेसका उमेश थापा पनि मन्त्री हुनयोग्य भएको भन्दै आफ्नो पार्टीको नभए पनि उनलाई पनि प्रदेशको मन्त्री बनाउन सिफारिस गर्ने जानकारी दिए ।
उनले प्रदेशसभा १ (२) मा उम्मेदवार रहेका रेवतीरमण राईलाई जिताएर पठाउन आग्रह गरे । दाहालले मङ्सिर ४ को निर्वाचन अगाडि जाने विचार, प्रवृत्तिको गठबन्धनले जित्ने कि पछाडि फर्कने विचारधारा र प्रवृत्तिको गठबन्धनले जित्ने भन्ने जनमत सङ्ग्रह भएको बताए । विचार पु¥याएर लोकतान्त्रिक वाम–गठबन्धनलाई मत दिन आग्रह गरे ।
उनले चुनावीसभालाई सम्बोधन गर्दै धरानका भूपूहरुको समस्या समाधान गर्ने, प्रमुखलाई पानीका लागि बजेट र योजना दिने केन्द्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । धरानको खानेपानी समस्या देशभरि नै जानकारी भएको भन्दै प्रमुख हर्क साम्पाङ पानीकै समस्या समाधान गर्छु भनेर प्रमुख बनेको भन्दै उनलाई धन्यवाद दिए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोजपुरको तिवारीभञ्ज्याङ, खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई वुधवार नै सम्बोधन गरेका थिए ।

mahat shekhar Sundarharaicha mass

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]