निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँछौँ – वाम–लोकतान्त्रिक गठबन्धन

  • कार्तिक २५, २०७९ / नेपाल रेखा
alt

खोटाङ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि एवं पद्धतिमार्फत व्यावसायिक खेतीमा रुपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका साझा उम्मेदवारले संयुक्तरूपमा हातेपर्चा प्रकाशन गरेर उक्त प्रतिबद्धता जनाएका हुन् ।
खेतीपाती, पशुपालन र फलफूल खेतीलाई व्यावसायीकरण गर्न पकेटक्षेत्र निर्धारण गरेर कार्यक्रम लागू गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नका लागि आधुनिक यन्त्र, मल र बीउ, बहुउद्देश्यीय नर्सरी स्थापना गर्न समूह, सहकारी तथा कृषि फार्ममार्फत अनुदानको व्यवस्था मिलाउने र खाद्यान्न, फलफूल तथा तरकारीको उत्पादनका लागि सङ्कलन केन्द्र र शीतभण्डारण केन्द्र स्थापना गर्नाका साथै बजारीकरण र प्रशोधनको व्यवस्था गर्ने संयुक्त प्रतिबद्धतापत्रमा उल्लेख छ ।
कृषिमा जैविक (अग्र्यानिक) उत्पादनलाई विशेष जोड दिँदै रैथाने बाली अनुसन्धान र संरक्षण गर्ने, कृषिजन्य उद्योग स्थापना तथा कृषि पर्यटनमा विशेष जोड दिने, हिउँदको समयमा सिँचाइको सुविधा पु¥याउन अग्ला ठाउँमा रिचार्ज पोखरी निमार्ण गर्ने, किसानलाई बाँदर तथा अन्य जङ्गली जनावरको आतङ्कबाट मुक्ति दिलाउन प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरी जङ्गली जनावरबाट हुने क्षतिको पूर्ति गर्न पहल गर्ने र सहुलियतमा कृषि बीमा गर्नेलगायत बुँदा प्रतिबद्धतापत्रमा समेटिएको छ ।
गठबन्धनका उम्मेदवार तथा कार्यकर्ताले उक्त प्रतिबद्धतापत्र जिल्लाका १० वटै स्थानीय तहका मतदाताको हातहातमा पु¥यउन थालेका छन् । पूर्वी पहाडी क्षेत्रका अधिकांश बासिन्दा कृषिमा आधारित रहेकाले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको प्रतिबद्धतालाई निकै महत्वका साथ हेरिएको छ ।
गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं प्रदेश नं १ सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) पार्टीका १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (२)मा कांग्रेस १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहेका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तीनै उम्मेदवार यतिबेला आ–आफ्नो पक्षमा माहोल बनाउन मतदाताको घरदैलो तथा चुनावी सभामा व्यस्त छन् ।
एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवं पूर्वसांसद विशाल भट्टराई, प्रदेशसभा (१)मा प्रदेश समिति सदस्य एवं संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (२)मा जिल्लाअध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रनुभएको छ ।
प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राईले उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (१) मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेशसभा (२)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]