जनअदालतबाट न्याय पाउन चुनावी मैदानमाः गच्छदार

  • कार्तिक २२, २०७९ / नेपाल रेखा
alt

इटहरी । षड्यन्त्रपूर्वक आफ्नो ५० वर्षे राजनीति समाप्त पार्न तत्कालीन एमालेको सरकारले आफूलाई झुटा मुद्दा लगाएकाले जनताको अदालतबाट न्याय पाउन चुनावी मैदानमा आएको नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले बताएका छन् ।
सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार रहेका गच्छदारले इटहरी चुनाव प्रचारप्रसारका क्रममा आयोजित कोणसभालाई सम्वोधन गर्दै जनतासंग न्याय माग्न आफू चुनावी मैदानमा आएको बताएका हुन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा सहयोग गरेको आरोप लागेका गच्छारको मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
सातौं पटक निर्वाचन जित्ने लक्ष्य सहित चुनावी मैदानमा रहेका गच्छदारले पटक–पटक चुनावी जितेर गर्याे भन्ने विपक्षीले आफूले बनाएको बाटो भएर मतदाताहरुसंग मत माग्न गएर जनतालाई भ्रममा पार्ने काम गरेको आरोप समेत लगाए ।
सुनसरीबाट ६ पटक सम्म निर्वाचित भएर उपप्रधान मन्त्री सहित बिभिन्न मन्त्रालय नेतृत्व सकेका गच्छदारले आधुनिक सञ्चार क्षेत्रको विकासमा समेत आफ्नो योगदान महत्वपूर्ण रहेको दावी गरेका छन् । गच्छदारसंग यस पटक पनि नेकपा एमालेकी भगवती चौधरी सहित अन्य उमेदवारहरु चुनावी मैदानमा रहेका छन् । यस भन्दा अगाडीका दुई वटा निर्वाचनमा गच्छदारले भगवतीलाई हराएका थिए ।
बाम लोकतान्त्रिक गठबन्धनको इटहरी–८ नम्बर वाडा निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन भएको छ । लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार प्रतिनिधि सभा सदस्य बिजय गच्छदार र प्रदेश सभाका सरस्वती पोखरेल सहित सुनसरी क्षेत्र नं ३ (क) को इटहरी ६ नं वडाका विभिन्न चोकमा घरदैलो कार्यक्रम पनि गरिएको छ ।
जुटबिकास चोक र संगीत चोकमा मतदाता भेटघाट सम्पन्न गरिएको नेकपा माओवादी केन्द्रका नेता एवम् निर्वाचन परिचालन समिति ६ वडा इन्चार्ज जगदिश सापकोटाले बताए ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]