गाउँपालिका कार्यालय भवन बनाउन स्थानीयद्वारा जग्गा दान

  • असोज १३, २०७९ / नेपाल रेखा
alt

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको प्रशासकीय भवन बनाउनका लागि स्थानीयले जग्गा दान गरेका छन् ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरीचौकीका लागि स्थानीयले जमिन दान गरेका डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए। गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ का स्थानीयले २० रोपनी, १० शय््याको अस्पताल भवन निर्माणका लागि १० रोपनी र प्रहरीचौकी निर्माणका लागि पाँच रोपनी जग्गा दान गरेका हुन् ।
स्थानीय हर्कबहादुर धामी, खडक धामी, वीरे धामी, गगन धामी, प्रेम धामी, रतन धामी, ललुवा धामी, मानसिंह धामी, रामसिंह धामी, डम्मर धामी, मानबहादुर धामी, कालुसिंह धामीलगायत २१ जनाले जग्गा दान गरेका हुन् । जमिन दान गर्नेलाई गाउँपालिकाले सम्मान गरेको छ ।
स्थानीयले जग्गा दान गरेपछि गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरीचौकी निर्माण गरिने भएको छ । यसअघि यहाँ भवन नहुँदा समस्या भइरहेको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]