आचारसंहिता पालना गराउने प्रतिबद्धता

  • असोज ११, २०७९ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाल सरकार र राजनीतिक दलबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जारी हुने निर्वाचन आचारसंहिता इमान्दारीपूर्वक पालन गर्ने प्रतिबद्धता जाहेर भएको छ ।
निर्वाचन आयोगले प्रधानमन्त्री, गृहमन्त्री र राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिलाई बोलाएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन आचारसंहिता पालनाका लागि प्रतिबद्धता लिएको हो ।
प्रतिबद्धतापत्रमा भनिएको छ, “संविधान, निर्वाचन आयोग ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, प्रदेशभा सदस्य ऐन र निर्वाचन आचारसंहिता, २०७९ भएका प्रावधानहरू इमान्दारीका साथ पालना गर्न गराउन हामी प्रतिबद्ध छौँ ।”
प्रतिबद्धतापत्रमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । आयोगले जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सङ्घीय समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीलाई प्रतिबद्धता पत्रमा हस्ताक्षरका लागि आमन्त्रण गरेको थियो । निर्वाचन आचारसंहिता केही दिनभित्रै जारी गर्ने तयारी भइरहेको सन्दर्भमा आयोगले राजनीतिक दललाई बोलाएर प्रतिबद्धता लिएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दलहरूबाट निर्वाचन आचारसंहिता पालना गर्ने गराउने विषयमा प्रतिबद्धता जाहेर भएको बताए । नेकपा(माओवादी केन्द्र)का नेता पोखरेलले निर्वाचन आयोगले जारी गर्न लागेको निर्वाचन आचारसंहिताका विषयमा केही सुझाव दिनुका साथै प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको जानकारी दिए । राजनीतिक दलले निर्वाचन प्रचारप्रसारको समय अपुग हुने भएकाले केही समय बढाउन माग गरेको बताइएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ यही असोज २ र ३ गते उम्मेदवारको बन्दसूची पेश भइसकेको छ भने पहिलो हुने निर्वाचित हुनेतर्फ भने यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुने निर्वाचन कार्यक्रम छ । प्रतिनिसभा सदस्य २७५ र प्रदेशसभा सदस्यतर्फ ५५० सिटका लागि निर्वाचन हुन लागेको हो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]