फुट्दा धोका भयो, अब बाबुरामजी र म मिलेर समाजवादमा पुर्याउँछौं : प्रचण्ड

  • असोज ८, २०७९ / नेपाल रेखा
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताएका छन् । काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको बताउँदै अब समाजवादको लागि पनि आफूहरु मिल्नै पर्ने निश्कर्षमा पुगेको बताए । उनले भने–त्यो जनयुद्धमा डा. बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्नेछौं ।
‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्यो,’ उनले भने,‘अहिले फेरी समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौं ।’
माओवादी विभाजनको तितो प्रयोग नेपाली समाजमा भएको र त्यसले परिणाम सही ल्याउन नसकेको निश्कर्षमा बाबुराम र आफू पुगेको दोहोर्याउँदै प्रचण्डले भने, ‘यी प्रयोग गर्दा हाम्रो उद्देश्य जति सुकै राम्रो र ठुलो भए पनि सफल हुन सकेन । घटनाक्रमले के साबित गर्यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यताहरू, त्यसले ल्याएका परिवर्तनहरू धरापमा पर्ने खतरा देखापर्यो । प्रतिक्रियावादी, बर्जुवाहरुले माओवादी आन्दोलनका नेता–कार्यकर्ताहरूलाई अपमानित गर्ने र यसका उपलब्धिहरू उल्ट्याउन अनेक खालाका कसरतहरू गर्ने बीचमा देखा परे ।’ प्रचण्डले यी घटनाहरूको समीक्षा गर्न आवश्यक देखिएको बताउँदै यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धिहरू नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको पनि स्पष्ट पारे । ‘यो परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व ग¥यो उनीहरू अलग–अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस ग¥यौँ,’ प्रचण्डले अगाडि भने, ‘प्रचण्ड–बाबुराम दुईवटा नाम भएर मात्र परिवर्तन आएको होइन । नेपाली जनताले ठुलो बलिदान र त्यागबाट पैदा गरेका नाम हुन् यी । इतिहासले पैदा गरेको नेतृत्व अलग हुँदा आन्दोलन नै धक्का खाँदो रहेछ भन्ने तितो मार्मिक यथार्थ भोगिरहेका छौँ ।’
‘बाबुराम–प्रचण्ड मिल्दा १ प्लस १ दुई मात्र हुने होइन, यसको महत्व ठुलो हुन्छ,’ उनले थपे, ‘हामी एक अर्काका पूरक हौँ । हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।’ संविधानको घोषणापछि आफू र बाबुराम भट्टराईले एमालेसँग एकता र नयाँ शक्तिको स्थापना गर्ने दुस्हासिक प्रयोग गरेको बताउँदै तीन दुवै प्रयोग असफल भएको स्वीकार गरे ।
प्रचण्डले बाबुराम र आफू केही महिनादेखि निरन्तर छलफलमा रहेको र छलफलको निश्कर्ष फुट होइन एकता नै भएका र एकता संघर्ष रुपमान्तरण र मुख्यतः रुपान्तरण नै भएको निकालिएको बताउँदै भने, ‘केही महिनादेखि बाबुरामजी र म निरन्तर छलफलमा थियौँ । नेपालमा फेरि युगलाई सन्देश दिने गरी समाजवादको नयाँ क्रान्तिको आधारशिला खडा गर्न सक्छौँ कि सक्दैनौँ भनेर हामीले छलफल गर्यौं । त्यतिबेला जनयुद्धको तयारीका दिन स्मरण ग¥यौँ र समाजवादका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेपछि एक ठाउँमा केन्द्रित हुने निर्णय ग¥यौँ ।’
प्रचण्डले आफूहरुको एकता चुनावको लागि मात्रै नभएको स्पष्ट पारे । उनले भने, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]