राष्ट्रिय परिचयपत्रका बनाउन मोरङमा २ लाख ५० हजार विवरण संकलन

  • असोज ५, २०७९ / नेपाल रेखा
alt

  • कुमोद अधिकारी
    विराटनगर । मोरङ जिल्लाका १० वटा पालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने काम सम्पन्न भएको छ । १७ वटा पालिका मध्ये १० वटा पालिकामा विवरण संकलनको काम सम्पन्न्न भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
    राष्ट्रिय परिचयपत्र बनाउनका लागि मोरङ जिल्लामा अहिलेसम्म २ लाख ४५ हजार ८ सय वढि विवरण संकलन भइसकेको छ । नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत गत साल असोज–४ गतेबाट मोरङमा यो अभियान शूर भएको हो ।
    रंगेली, सुनवर्सी, रतुवामाई, उर्लाबारी नगरपालिका, धनपालथान, कटहरी, जहदा, मिक्लाजुङ, केरावारी साथै ग्रामथान गाउपालिकामा गरि १० वटा पालिकामा विवरण संकलनको कार्य सम्पन्न भइ सकेको छ । त्यस्तै लेटाङ नगरपालिकामा अभियान संचालनको तयारीमा छ ।
    प्रमुख जिल्ला अधिकारी दाहालले आगामी दिनमा नेपाल सरकारबाट प्रवाह हुने सबै प्रकारका सेवा राष्ट्रिय परिचयपत्रमा समेटिने भएकाले नेपाली नागरिकता भएका सबैलाई परिचयपत्र बनाउने अभियानमा सहभागी हुन आग्रह गरे । जनशक्ति केहि कम भएपनि अभियानलाई सफल बनाउन राष्ट्रसेवक कर्मचारीहरुले दिन रात खटिरहेकाले आगामी तीन, चार महिनामा मोरङका सबै पालिकामा विवरण संकलन गर्ने कार्य सम्पन्न हुने उनको भनाइ छ ।
    अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङले घरदैलोमा गएर सेवा प्रवाह गर्दै आएको त्यसबाहेक जिल्ला प्रशासन कार्यालय मोरङमा चारवटा स्टेसन मार्फत साथै रंगेली, उर्लाबारी इलाका प्रशासन कार्यालय मार्फतपनि विवरण संकलन गर्ने काम भइरहेकोले विदेश जान वा चाडै परिचयपत्र आवश्यक पर्ने व्यक्तिका लागि समेत जिल्ला प्रशासनवाट सेवा लिनेगरि व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी एवम अभियानका फोकल पर्सन शरदकुमार पोखरेलले बताए ।
    परिचयपत्र पत्र बनाउन नागरिकता भएकाहरुको जैविक, व्यक्तिगत सहित आँखाको रेटिना तथा औठाको छाप सहित विवरण संकलन गरिने भएकाले फर्ममा आ–आफनो विवरण भर्दा सुद्ध र सफासंग भर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ । उनका अनुसार नेपालभरी अहिलेसम्म ८६ लाख वढि विवरण संकलन भइसकेको छ ।
    लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले घरदैलोमा आएको यो अभियानलाई सफल बनाउने दायित्व सबैको रहेकाले यस बारेमा स्थानीय स्तरमा जानकारी गराउन समेत वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई आग्रह गरे ।
    पालिकाका उपप्रमुख कृष्णकुमारी निरौलाले नगरपालिकामा भएका विकास निर्माण, शान्ति सुरक्षाको तथा सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।
    परिचयपत्र बनाउनका लागि जिल्लाभित्र रहेका नेपाली नागरिकले नागरिकताको आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले मोरङ जिल्लामा बनाउदा वसाई सराईको कागजपत्र अनिवार्य पेश गर्नुपर्ने हुन्छ ।
    पालिकामा राष्ट्रिय परिचयपत्र बनाउन टोली घरदैलोमा पुगेपछि सर्वसाधारण समेत उत्साहित भएका छन् । जसका कारण पालिकामा संचालन हुदै आएको यो अभियानमा सर्वसाधारणहरुको उल्लेखनीय सहभागिता हुदै आएको छ ।
    लेटाङ नगरपालिकामा अभियानको शुभारम्भ भइसकेकाले केहि दिन भित्रै परिचयपत्र बनाउने टोलीले काम शुरु गर्ने प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]