ग्रामिण क्षेत्रमा आर्थिक सेवा दिदै सहयोगी सहकारी

  • भदौ ३१, २०७९ / नेपाल रेखा
alt

इटहरी । आर्थिक क्रान्तिको लागि सहकारी आन्दोलन, सामाजिक समुन्नतीका लागि बचत परिचालन भन्ने मान्यताका साथ सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ मधेलीमा सहयोगी बचत तथा ऋण सहकारी संस्थाले स्थानीयवासीलाई सेवा दिइरहेको छ ।
२०६४ साल साउन ३१ गते स्थापना भएको सहयोगी बचत तथा ऋण सहकारी संस्थामा १३ सय ७८ जना शेयर सदस्य आवद्ध छन् । भदौ ३१ आज गते संस्थाले १५ साधारणसभा गर्दैछ । साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संजयकुमार चौधरीले बताए ।
संस्थाका अध्यक्ष चौधरीले वार्षिक प्रतिवेदन प्रिन्ट, शेयर सदस्यलाई खबर गरिसकिएको बताए । साथै मंच निर्माण, शेयर सदस्यलाई स्वागतको तयारी पनि पूरा भएको उनको भनाई छ । उनले साधारणसभालाई भव्य बनाउन प्रदेश १ सभाका उपसभामुख सरस्वती पोखरेललाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको बताए । साथै साधारणसभाका लागि गढी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष प्रदीप चौधरी पनि आउने उनले बताए । जिल्ला सहकारी संघ सुनसरी अध्यक्ष गंगाप्रसाद दाहाल, नेप्सकुन प्रलाद दाहाल, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि चिरन्जीवी तिमसिनालगायतको पनि उपस्थिति रहनेछ ।
ग्रामिण कृषिमा ऋण लगानी, सवारी साधन खरिद (मोटरसाइकल, सिटी सफारी, अटो टेम्पो) खरिदमा पनि सो सहकारीले ऋण लगानी गर्ने गरेको छ । साथै घर जग्गा खरिद र प्राविधिक शिक्षा पढ्नेहरुलाई ऋण लगानी गर्ने गरेको संस्थाका अध्यक्ष चौधरीले बताए । लाभांश पाउने हुदा संस्थामा आकर्षण बढ्ने गरेको छ । यही आर्थिक वर्षभित्र शेयर सदस्य, संचालक समितिका पदाधिकारी र कर्मचारीलाई वडा नम्बर १ को सभाहलमा दुई दिने रणनीतिक कार्ययोजना तालिम पनि दिइएको छ । संस्थाले ३ करोड ४२ लाख ९७ हजारको कारोबार गरेको छ ।
१४ औं साधारण सभाले संस्थाको अध्यक्षमा संजयकुमार चौधरी, उपाध्यक्ष संगिता चौधरीलाई निर्वाचित गरेको थियो । त्यसैगरी संचालक समिति सदस्यहरुमा ऐलन चौधरी, भगवती थरुनी, दुलारी थरुनी, कल्पना चौधरी, संगिता चौधरी, मदनकुमार चौधरी, सरगमकुमार चौधरी निर्वाचित भएका थिए । त्यसैगरि, लेखा समिति संयोजकमा राजुकुमार चौधरी, सदस्यहरुमा गंगा चौधरी र लक्ष्मी चौधरी रहेका छन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]