तनहुँमा राहदानीबाट चार करोड ४२ लाख राजस्व सङ्कलन

  • भदौ २६, २०७९ / नेपाल रेखा
alt

तनहुँ । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८–७९ मा चार करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ दु्रत सेवाका लागि सिफारिस गरिएको छ ।
कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट चार करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो ।
सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ । दुई हजार चार सय ७० जनालाई आदिवासी जनजाति प्रमाणित, एक हजार ८० जनालाई दलित प्रमाणित, एक हजार आठ सय ७८ लाई पेन्सन सिफारिस गरिएको छ । कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकामा सात सय ८५ संस्थाको नवीकरण भएको छ । ९९ हातहतियार नवीकरण भएकामा छवटा नामसारी गरिएको छ । यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयले जनाएको छ ।

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]