दमकको रिभर भियु हेरिटेजमा गायक स्वपन सुमनले सांगीतिक मनोरन्जन दिने

  • भदौ २५, २०७९ / नेपाल रेखा
alt

इटहरी । दशैं चाडलाई लक्षित गरि १ नम्बर प्रदेशबासीलाई सांगीतिक कार्यक्रम मार्फत भरपुर मनोरञ्जन दिन हालका चर्चित र लोकप्रिय गायक स्वपन सुमन आफ्नो ब्यान्डसंग झापाको दमक स्थित रिभर भियु हेरिटेज रिसोर्ट–फन पार्कमा असोज ८ गते आउने भएका छन् ।
पेगेन्ट हब नेपाल प्राइभेट लिमिटेडद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा पहिलो प्रस्तुति दमकको लोकल ब्यान्डले दिने छ । कार्यक्रमको मुख्य प्रायोजक टुबोर्ग बियर र सहप्रायोजक जुरिक भोड्का र इटहरी नमुना कलेज रहेका छन् भने मिडिया पाट्नर पूर्वी हटलाइन दैनिक पत्रिकार र नेपालरेखा डटकम छन् ।
सांगीतिक सांझको सम्झौता पत्र गत भाद्र १९ मा इभेन्ट्स कम्पनिका पदाधिकारी र गायक स्वपन सुमनका म्यानेजर बिच भएको थियो ।
कार्यक्रममा टिकट दर ४ तरिकाले बिभाजन गरिएको छ, विद्यार्थी लाई ५०० (अनिवार्य परिचय पत्र ल्याउनु पर्ने छ), प्रि सेल१०००, भिआइपी ५००० र कार्यक्रमको दिन सोही स्थानमा खरिद गर्दा १५०० तोकिएको छ । टिकट अनलाईन एप्स (ग्लोबल अनलाईन पे) मार्फत पनि लिन सकिनेछ भन्ने जानकारी दिनेश बस्नेतले गराए ।
कार्यक्रममा विशिष्ट ब्यक्तित्व गायक सौरभ भट्टराई, र्यापर बुलेट फ्लो, एन आर एन ए सिड्नी युवा संयोजक तथा अस्ट्रेलियाका कुशल ब्यावसायी इन्जिनियर बिक्रम दाहाल, नव ज्योति पुनःस्थापन केन्द्रका संचालक तथा समाजसेवी सुशील रिजाल, मंक एन्ड पंक क्याफे इटहरी का संचालक तथा समाजसेवी खगेन थापामगर, भर्सटाइल एजुकेसन एन्ड भिसा सर्भिसका प्रबन्ध निर्देशक युस्टल दाहाल लगायत अन्य ब्यावसायी, राजनीतिकर्मी, मोडल, पत्रकारहरुलाई कार्यक्रमको शोभा बढाउन तथा भब्य रुपमा सफल पार्न भिआइपी निमन्त्रणा गरिएको छ । पत्र मार्फत भिआइपी निमन्त्रणा गरिएको ब्यक्तिलाई स्टेजमा बोलाइ सम्मान गर्ने कार्यक्रम र म्यानेज्मेन्ट टोलीहरुसंगै भिआइपी जोनमा बसाउने ब्यवस्था गरिएको छ भने कार्यक्रममा २ ओटा प्रवेशद्वार (गेट) राखिएको छ जसमध्ये एउटाबाट ब्यवस्थापन टोली, विशिष्ट ब्यक्ति (भिआइपी) र गायक तथा ब्यान्डको इन्ट्री हुने छ र दोस्रो गेटबाट दर्शकको इन्ट्री हुनेछ । गायक स्वपन सुमनको एकदमै क्रेज र फ्यान फलोअर्सहरु भएकाले मास अत्याधिक हुने संभावना देखिएकोले कुनै पनि झैझगडा, कार्यक्रममा बाधा अबरोध हुन नदिन सुरक्षा व्यवस्था चुस्त बनाउन ब्याउन्सर, सुरक्षागार्ड र प्रहरी परिचालन गरिने जानकारी इभेन्ट्स का अध्यक्ष दिपेश बानियाले जानकारी दिए ।
रिसोर्टमा करिब ४००० मानिस अट्ने संचालकले बताए । कार्यक्रमको टिकट दमक, बिर्तामोड, कांकरभिट्टा, दुधे, उर्लाबारी, बेलबारी, इटहरीजस्ता सहरहरुको क्याफे, रेस्टुरेन्ट र जिम हलमा पनि उपलब्ध रहेको जानकारी म्यानेज्मेन्ट टिमले दिएको छ ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]