डेन्टलहरु अधिकारका लागि संगठित

  • भदौ १९, २०७९ / नेपाल रेखा
alt

इटहरी । पहिलो पटक पूर्वी नेपाल डेन्टल हाईजेनिष्ट एसोसिएसनको राष्ट्रिय अधिवेशन आयोजना गरिएको छ ।
नेपाल डेन्टल हाईजेनिष्ट एसोसिएसनको सातौं राष्ट्रिय अधिवेशन मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको त्रिवेणी रिसोर्टमा आयोजना गरिएको हो ।
डेन्टलहरुको हक अधिकारका साथै डेन्टल सम्बन्धी अन्य विषयवस्तुका विषयमा छलफल प्रतिवेदन सहित नयाँ कार्य समिति चयन गर्ने गरी सुरु भएको राष्ट्रिय अधिवेशनको सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखमा सागर प्रसाईले एक कार्यक्रमका विच उद्घाटन गरे । नेपाल डेन्टल हाईजेनिष्ट एसोसिएसनका केन्द्रीय अध्यक्ष राजकुमार तामागंको अध्यक्षतामा सुरु भएको अधिवेशनमा होमियोपेथिक एशोसिएसनका केन्द्रीय अध्यक्ष डा.खगेन्द्र ओली, नेपाल आयुर्वेद औषधी व्यवसायी संघ १ नम्बर प्रदेश अध्यक्ष जिपी तिवारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
अधिवेशनले नयाँ कार्य समितिको अध्यक्ष अमृत भुसाललाई चयन गरेको छ । त्यसै गरी वरिस्ठ उपाध्यक्ष केशव रिमाल उपाध्यक्ष शिवकुमार महतो, महासचिवमा पिताम्बर गिरी, सचिवमा उमेश महतो, कोषाध्यक्षमा दिलराम श्रेष्ठ सहकोषाध्यक्षमा दिलिपकुमार यादव र सदस्यहरुमा पंकज साह,सूर्यबहादुर तामाङ्ग, अमितकुमार मगर र विशाल बम शाही चयन भएका छन् ।

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]