गायक नवीन के भट्टराई सहितको टोलीले अष्ट्रेलियावासी नेपालीलाई सांगितिक मनोरञ्जन दिने

  • भदौ ८, २०७९ / नेपाल रेखा
alt

काठमाडौं । यस पटकको दशैं तिहार अस्ट्रेलियामा बस्ने नेपालीको दमदार हुने भएको छ । नवीन के भट्टराई, सुगम पोखरेललगायत नेपाली पप क्षेत्रका बहुचर्चित गायकहरूसँगै अस्ट्रेलियामा बस्ने नेपालीहरूले उमंगकासाथ नेपाली चाड मनाउने भएका हुन् ।
नेपाल आईडल–४ का प्रतियोगी आदेश पौडेल पनि साथमा रहने बताइएको छ । दशै तिहारका अवसरमा अस्ट्रेलियाका बिभिन्न ठाउँमा आफ्नो सांगीतिक प्रस्तुती दिने भएकाले नेपालीहरूमा उत्साह थपिएको छ ।
भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुतीमा नेप सिन्ड्नी इभेन्ट्सद्वारा आयोजना हुने उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, केर्न्स, नियुक्यासल लगायत चर्चित ठाउँहरुमा प्रस्तुति रहने छ ।
अस्ट्रेलियामा साङितिक प्रस्तुती दिने कुराको जानकारी दिन पाउँदा गायक नवीन के भट्टराईले आफू उत्साहित भएको बताए । यो बर्षको ठूलो चाड संगीतमय हुने मा आशावादी भएको गायक सुगम पोखरेलले बताए ।आफ्नो पहिलो साङितिक यात्रा दाइहरुसंगै गर्न पाउँदा आफू निकै भाग्यमानी भएको आदेशले बताए । गायक सुगम पोखरेल साथै नेपाल आइडल सिजन ४ का प्रतियोगी आदेश पौडेलले यो वर्षको दशै तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउहरुमा आफ्नो साङ्गतिक प्रस्तुती दिएर अष्ट्रेलीयावासीलाई भरपुर मनोरञ्जन दिलाउने बताए ।

सेप्टेम्बर २३ देखि अक्टोबर अन्तिम हप्तासम्म हुने कार्यक्रम नेपालीहरुका लागि खुशीको कुरा भएको बताए। नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई नेपाली पप क्षेत्रका लोकप्रिय तथा पप संगित लाई उच्च स्थानमा पुर्याउन ठूलो भूमिका निर्वाह गरेका गायकद्वय सुगम पोख्रेल र नवीन के भट्टराई तथा हालका उदीयमान र मिठास स्वर भएका गायक आदेश पौडेलले भरपुर मनोरञ्जन दिने र आफुले दसैं तिहार मनाउन पहल गर्न पाउने अवसर मिलेकोमा आशा को दियो अझ झकिझकाउ भएको भर्सटाइल एजुकेसन एन्ड भिसा सर्भिस नेपालका प्रबन्ध निर्देशक तथा कार्यक्रम संयोजक (टुर कोर्डिनेटर) युस्टल दाहालले बताए । कार्यक्रम सभ्य र भव्य बनाउन सम्पूर्ण अस्ट्रेलियामा रहेका नेपालीहरुको साथ र सहयोगको आवश्यकता रहेको दाहालको भनाइ छ ।

 

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]