संघियतालाई सुदृढ बनाउनु पर्नेमा जोड

  • भदौ ७, २०७९ / नेपाल रेखा
alt

  • कुमोद अधिकारी
    विराटनगर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय शासन प्रणालीलाई बलियो र सुदृढ  बनाउने दायित्व दलहरुको भएको बताएका छन् ।
    सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति र प्रदेश नम्बर १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा विराटनगरमा मंगलबार आयोजित  ‘सङ्घीय शासन प्रणाली सवलीकरण’ विषयक  अन्तरक्रिया कार्यक्रमको  उद्घाटन गर्दै उनले दलहरु जनताप्रति समर्पित भएमा सङ्घीय शासन प्रणाली थप सवल हुने बताए । अध्यक्ष तिमिल्सिनाले मुलुकमा सङ्घीयतामा सस्थापना भएको पाँच वर्षको अवधिमा भएका विकास निर्माण तथा तीन तहका सरकारले गरेका राम्रा कामको विषयमा  जनतालाई जानकारी गराउनु पर्ने बताए ।  
    उनले सङ्घीयता साध्य हो साधन होइन भन्दै यसलाई सवलीकरण गर्न राजनीतिक दलहरुको व्यवहारमा परिवर्तन गरि जनतालाई परिवर्तनको  अनुभूति गराउनु पर्नेमा जोड दिए ।
    कार्यक्रमा बोल्दै प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीयतालाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिदै यसमा रहेका कमी कमजोरीलाई सुधार गर्दै जानुपर्ने बताए । संघियतालाई बलियो बनाउन प्रदेश सरकारलाई संघिय सरकारले थप अधिकार दिनुपर्ने उनको भनाई थियो ।
    मुख्यमन्त्री राईले सङ्घीयतालाई सुधारिएको विकेन्द्रीकरणजस्ता बनाउनु हुदैन भन्दै प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनेगरि कानुन ल्याउनुपर्ने बताए ।
    सङ्घीयताको स्थापनाबाट   प्रदेश र स्थानीय स्थानीय तहले गरेको पूर्वाधार लगायत विकास  निर्माणका कामको जनताले अनुभूति गरेको उनको भनाइ थियो । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले संघियतालाई सुदृढ बनाउन सङ्घ र प्रदेशबीच साझा अधिकार सुनिश्तिाको कानून आवश्यक रहेको बताए ।
    समितिका संयोजक एवं कार्यक्रमका अध्यक्ष डा. खिमलाल देवकोटाले सङ्घीयताको स्थापनाबाट दुर्गम क्षेत्र सहित मुलुकमा सडक, स्वास्थ्य, पूर्वाधार निर्माण तथा शिक्षा स्वास्थ लगायतका क्षेत्रमा उल्लेखनिय विकास भएको बताए।     अन्तरक्रियामा प्रदेश नं. १ का स्वास्थ्यमन्त्री जयराम यादवले सङ्घीयताले सबै जातिय समुदायको भावनालाई जोड्ने काम गरेको बताए । कार्यक्रममा बोल्दै प्रदेश सभासद् सर्वध्वज सावा, शिवनारायण सिंह, विमल कार्की तथा स्थानिय तहका प्रमुखहरुले संघियतालाई सबल बनाउन आवश्यक कानुन, कर्मचारीको व्यवस्थापन तथा दिगो विकास आवश्मयक रहेकोमा जोड दिए ।
    कार्यक्रममा प्रदेशका मन्त्री, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख प्रदेश योजना आयोगका सदस्य, निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]