सुदूरपश्चिममा थपिए नयाँ ३७ हजार मतदाता

  • साउन ३१, २०७९ / नेपाल रेखा
alt

सुदूरपश्चिम । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । थपिएका मतदाता प्रदेशमा यहीँ साउन १९ गतेसम्म जम्मा मतदाताको सङ्ख्या १६ लाख ६९ हजार चार सय ११ पुगेको छ ।
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीको शिलशिलामा सङ्कलित मतदाता नामावली निर्वाचन आयोगमा पठाइएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्बन्धी कार्यतालिका आयोगले सार्वजनिक गरेसँगै प्रदेश निर्वाचन कार्यालयले गर्नुपर्ने तयारीसम्बन्धी काम सुरु गरिसकेको छ । ‘‘निर्वाचनका लागि गर्नुपर्ने तयारी सुरु गरिसकेका छौँ’’, निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले भने, ‘‘यस क्रममा मतपेटिकालगायत निर्वाचन सामग्रीको जाँच गर्ने, रुजु गर्ने र ती सामग्री सरसफाइ गर्नेलगायत काम गरिरहेका छौँ ।’’
कार्यालयका अनुसार गत वैशाख ३० गतेपछि थपिएका नयाँ मतदातामा सबैभन्दा बढी कैलाली जिल्लामा ११ हजार चार सय ३० छन् । कञ्चनपुरमा नौ हजार आठ सय २८, बाजुरामा एक हजार तीन सय ६४, अछाममा चार हजार ८०, डोटीमा दुई हजार एक सय ७२, बझाङमा एक हजार छ सय ५९, डडेलधुरामा दुई हजार दुई सय ५८ बैतडीमा दुई हजार आठ सय छ र दार्चुला जिल्लामा एक हजार छ सय ६४ नयाँ मतदाता थपिएका छन् ।
नयाँ थपिएका कैलालीमा सबैभन्दा बढी पाँच लाख ३६ हजार पाँच सय ५५ मतदाता र सबैभन्दा कम बाजुरामा ८४ हजार ५४ मतदाता पुगेका छन् । कञ्चनपुरमा तीन लाख पाँच हजार १४२, अछाममा एक लाख ६० हजार ३६०, डोटीमा एक लाख २५ हजार सात सय २६, बझाङमा एक लाख २३ हजार सात सय ९६, डडेलधुरामा ९२ हजार तीन सय ७७, बैतडीमा एक लाख ५१ हजार चार सय १२ र दार्चुला जिल्लामा ८९ हजार नौ सय ४९ मतदाता पुगेका छन् ।
गएको स्थानीय तहको निर्वाचनमा प्रदेशमा जम्मा १६ लाख ३२ हजार एक सय ५० मतदाता थिए । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशमा १४ लाख ३५ हजार छ सय ७४ मतदाता रहेका थिए । नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि दोस्रो पटक आगामी मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ । स्थानीय तहमा दोस्रो कार्यकालका लागि गएको वैशाख ३० गते निर्वाचन सम्पन्न भइसकेको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र कायम छन् । जनसङ्ख्याको दृष्टिले तराईका जिल्ला कैलालीमा र कञ्चनपुर ठूला जिल्ला हुन् । प्रतिनिधिसभाका कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र रहेका छन् । पहाडी जिल्लामा अछाममा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र अन्य छ जिल्लामा एक–एक निर्वाचन क्षेत्र कायम छन् । हालैको जनगणनाको प्रारम्भिक तथ्याङ्कका अनुसार यो प्रदेशको जनसङ्ख्या २७ लाख ११ हजार २७० पुगेको छ । विसं २०६८ को जनगणनाअनुसार यो प्रदेशको जनसङ्ख्या २५ लाख ५२ हजार पाँच १७ थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]