प्रा.डा. बद्रीविशाल पोखरेल सुनसरी २ बाट संघीय सांसद् ?

  • श्रावण २२, २०७९ / नेपाल रेखा
alt

केही महिना अघि नै साथीभाइहरुले संघीय सांसद्मा उम्मेदवारी दिन आग्रह गरेको प्रा.डा. बद्रीविशाल पोखरेलले फेसबुकमा उल्लेख गरेका थिए । यसले अलिअलि हल्लीखल्ली भएको हो । तर अहिले आगामी मंसीर ४ गते चुनावको मिति नै घोषणा पछि डा. पोखरेल के भन्छन् नेपालरेखाले यसको उत्तर खोज्ने प्रयास गरेको छः

नेपालरेखा–डा. पोखरेल के तपाईँ संघीय सांसद्मा उठ्ने नै हो उठ्ने क्षेत्र कुन हो ?

डा. पोखरेल– धेरै साथीहरुले उठ्नु पर्छ भन्नु भएको छ । बौद्धिक प्राज्ञिक व्यक्तित्वको पनि संघीय सांसद् हुँदा यसको गरिमा अझ बढ्छ भन्ने पनि छ । त्यसैले व्यक्तिगत इच्छाले भन्दा पनि सुनसरी २ नं. क्षेत्रका जनताको चाहना भयो भने उठ्न सकिन्छ ।

नेपालरेखा–ठोस रुपमा उठ्ने कुरा पो गर्नु पर्यो  त । यो त दोधारे कुरा भएन र ?

डा. पोखरेल– त्यस्तो होइन पार्टी र जनताको चाहना भावना बुझेर टिकट दिँदा न उठ्ने हो र आफैँ उठ्छु उठिछाड्छु, म मात्रै एक्लो उम्मेदवार हुँ, मै मात्र वीर हुँ भनेर हुँदैन नि !

नेपालरेखा–ए त्यसो भए पार्टी  भित्रै तपाईँका अरु पनि सक्षम प्रतिस्पर्धीहरु को को हुन् त ?

डा. पोखरेल– एमाले पार्टी प्रतिभाको फूलबारी हो । अझ पूर्व माओवादी केन्द्रबाट आएका योग्य नेताहरु यस पार्टीमा पनि छन् ।

नेपालरेखा– तपाईका प्रतिस्पर्धी को को हुन् त ?

डा. पोखरेल– हिमाल सुवेदी (इटहरी), खेमराज पोखरेल (इनरुवा), पोष्टकुमार नेपाल (इनरुवा), परशुराम यादव आदि पार्टी भित्रबाट उठ्न सक्ने प्रतिस्पर्धी हुन् ।

 नेपालरेखा– अनि नेता भीम आचार्य र पार्टी अध्यक्ष रेवती भण्डारीको नाम लिनु भएन त ?

डा. पोखरेल– नेता भीम आचार्य क्षेत्र नं. १ वा ४ बाट उठ्नु होला रह्यो रेवती भण्डारीको कुरा वहाँ हालसालै सुनसरी पार्टी अध्यक्ष हुनुहुन्छ । वहाँले पार्टीलाई नै राम्ररी व्यवस्थित गर्नु पर्छ । एउटै व्यक्ति सबैतिर जहाँ खाली भयो त्यहीँ हुँदैन । स्थानीय निर्वाचनमा एमाले पार्टीले ठूलो पराजय व्यहोनुपर्यो   पर्यो   त्यसैले भण्डारी पार्टी काममा नै केन्द्रित हुनुपर्छ ।

नेपालरेखा– ए त्यसो भए हिमाल सुवेदी र तपाईँ नै मुख्य प्रतिस्पर्धी हुँदा सुवेदीकै पल्ला भारी हुने देखियो । सुवेदी पूर्व माओवादी भएकाले उनलाई पनि समेट्नु पर्ने होला ।

डा. पोखरेल– जो जो जे जे भए पनि तमाम बौद्धिक प्राज्ञिक मिडियाकर्मी र सचेत जनसमुदायले पत्याउँदा मैले अवसर नपाउने कुरा नहोला भन्ने लाग्छ ।
नेपालरेखा– त्यसमा त आपत्ति भएन सबै हिसावले योग्य मात्र होइन योग्यतम भए पनि तपाईँलाई पार्टी र नेताले कति पत्याउँछन् त्यो त अहिले भन्न सकिएन । टिकट पाउनु भयो भने जित्नुस् अग्रिम बधाइ छ ।

डा. पोखरेल–धन्यवाद ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]