सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर

  • साउन १७, २०७९ / नेपाल रेखा
alt

सर्लाही । हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्गता र वृद्धवृद्धालाई लक्ष्य गरेर गाउँ घरमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नगरका ११ वटै वडामा घुम्ती शिविर सञ्चालन सुरु गरिएको नगरप्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए ।
शारीरिकरूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको साटो घर नजिकै राखिएको घुम्ती शिविरबाट सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रत्येक वडामा कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम भइरहेकोे उनले जानकारी दिए ।
घुम्ती शिविरले वडा कार्यालयमा भीडभाड कम हुनाका साथै नगरका अशक्त, अपाङ्गताका र वृद्धवृद्धालाई सहज भएको नगरपालिकाले जनाएको छ । घुम्ती शिविरमा रहेका वडा सचिव, कार्यालय सहयोगीलगायत कर्मचारी प्रत्येक बस्तीका घर–घरमा पुग्ने र सेवा प्रदान गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।
उनका अनुसार शिविरमा खटिएका कर्मचारीले चौतारी तथा रुखका छहारीमा बसेर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलालगायत सामाजिक सुरक्षा भत्ता खाइपाइ आइरहेका नागरिकको कार्ड नवीकरण समेत गरिरहेका छन् ।
जिल्लाका हरेक स्थानीय निकायमा अहिले सामाजिक सुरक्षा भत्ता नवीकरणको काम सञ्चालन भइरहेको छ  । हरिवनबाहेक अन्य स्थानीय निकायका वडाकार्यालयबाटै नवीकरणको काम भइरहेको छ । जिल्लामा २० स्थानीय निकाय रहेका र ती सबैले बैँकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन् तर बैँक र स्थानीय निकायबीच राम्रो समन्वय नहुँदा बँैकबाट भत्ता लिनका लागि घण्टौँसम्म लाइनमा बस्नु परेको सेवाग्रही नागरिकको गुनासो थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]