पोखरामा फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्ययन हुँदै

  • साउन १७, २०७९ / नेपाल रेखा
alt

पोखरा । पोखरा युनाइटेड एकेडेमीले पहिलोपल्ट ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ ।
एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा भन्ने नारालाई आत्मसात गर्दै व्यवसायिक शिक्षातर्फ उक्त विषयको अध्ययन गराउन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिएअनुसार आफूहरूले पनि प्राथमिकतामा राखेर अध्ययन गराउनका लागि ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ’लाई ऐच्छिक विषयका रुपमा समावेश गरेको जानकारी दिए ।
उनले एकेडेमीले यसअघि विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टको अध्ययन गराउँदै आएको र पछिल्लो समय फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको बताए । उनका अनुसार ४० देखि ५० हजार शुल्कमा विद्यार्थीले फेशन र सौन्दर्यशास्त्रको कोर्ष पुरा गर्न सक्नेछन् । दक्ष जनशक्ति उत्पादनका लागि अनुभवी शिक्षकबाट अध्यापन गराइने उनको भनाइ छ ।
कार्यक्रममा सौन्दर्यविद् एव सौन्दर्यशास्त्र पाठ्यक्रमका लेखक कमला श्रेष्ठले व्यवसायिक शिक्षाअन्तर्गत रोजगारको प्रशस्त सम्भावना बोकेको सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ अहिलेको समयको माग भएको बताइन् । उनले २०७१ सालदेखि ऐच्छिक विषयका रुपमा समावेश गर्न पहल थालेको स्मरण गर्दै अहिले सफल भएको बताइन् ।
कार्यक्रममा ३५ वर्षदेखि सौन्दर्य क्षेत्रको कार्यरत गण्डकी प्रदेशका प्रदेशसभा सदस्यसमेत रहेकी मिना गुरुङले ढिलै भए पनि सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेका लागि अवसरका ढोका खुलेको बताइन् । उनले सौन्दर्यकलाको विषयलाई अध्ययनको विषय बनाउनु पर्छ भनेर निकै पहिलेदेखि आवाज उठाउँदै आएको जनाउँदै अहिले यो पाठ्यक्रममा समावेश भएर आउँदाको क्षण निकै आनन्द लागेको बताइन् ।
फेशन डिजाइनर विशाल गुरुङले आजको आवश्यता व्यवासायिक शिक्षा भएको र दक्ष जनशक्तिबाट मात्र देश विकास सम्भव हुने धारणा राखे ।
ऐकेडेमिका प्राचार्य वैनबहादुर गोदारले आधुनिक समयको माग र आवश्यकतालाई महसुस गरी विद्यार्थी स्वयं स्वरोजगार बन्न सक्ने विषयलाई प्राथमिकता दिँदै यस शैक्षिक सत्रबाट नयाँ सिपमुलक विषयलाई थप गरेको जानकारी दिए ।
एकेडेमीका व्यवस्थापन संयोजक राजकुमार कार्कीले प्राज्ञिक र दक्ष जनशक्ति उत्पादन गरी वैधानिक प्रमाणपत्र प्रदान गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए । उनले यस विषय अध्ययनले हालको बढ्दो बेरोजगारी समस्यालाई कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
एकेडेमीको शैक्षिक विभाग प्रमुख डिल्लीराम तिवारीले कार्यक्रमको सहजीकरण गर्दै नेपाल सरकारबाट एसईई उत्तिर्ण भएका जुनसुकै विद्यार्थीले पनि उक्त कोर्ष अध्ययन गर्नसक्ने बताए ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]