जथाभावि सवारी पार्किङ्गले थलिएको ट्राफिक ब्यवस्थापन फोटो फिचर सहित

  • श्रावण १५, २०७९ / नेपाल रेखा
alt

जनक पाण्डे
सुनसरी÷शडक किनारामा गरिने अब्यवस्थित सवारी पार्किङ्ग अहिले ईटहरीको ट्राफिक ब्यवस्थापनको लागि मूख्य चुनौति बन्दै गएको छ । ईटहरीको शहरी क्षेत्र भित्र मापदण्ड सहितको कुनै सवारी पार्किङ्गको उचित ब्यवस्थापन नहुँदा यस्तो समस्याको श्रृजना भएको हो ।


तिव्र शहरीकरण, घना बस्ती तर भौतिक संरचना र पूर्वाधारको पूर्ण मापदण्ड बिना निर्माण गरिएका संरचना र त्यसले श्रृजना गरेका अवरोध नै आज ईटहरी का लागि ट्राफिक ब्यवस्थापनको लागि टाउको दुखाई बनेको छ । ईटहरीका अधिकाँस ब्यावशायीक भवन, संघ संस्था, बित्तिय संस्था सुपर मार्केट, डिपार्टमेन्टल स्टोर आदिका आफ्ना निजी पार्किङ्ग नहुँदा शडकमा हुने पार्किङ्गले ट्राफिक ब्यवस्थापनमा चुनौति थपिएको १ नम्वर प्रदेश ट्राफिक कार्यालय इटहरीका सूचना अधिकारी समेत रहनुभएका ट्राफिक प्रहरी निरिक्षक राकेश रेग्मीले बताउनु भएको छ ।


ईटहरी चोकमा निर्मित ट्राफिक सिग्नलले ट्राफिक ब्यवस्थापनमा केहि सहज भएपनि जनस्तर सम्म यसको ज्ञान पुर्याउन नसक्दा यसको प्रभावकारिता महशुस गर्न सकिएको छैन् । ईटहरीमा जस्तै अहिले पुर्वका बिभिन्न स्थान बिर्तामोड, भद्रपुर, दमक, धरान, बिराटनगर र तरहरामा पनि यस्ता सिग्नल बन्न आवश्यक भएको निरिक्षक रेग्मीको भनाई छ । सवैतिर ट्राफिक ब्यवस्थापन सहज बनाउन जनस्तरमा ट्राफिक नियम, संकेत बत्ति र यसको महत्वका बारेमा संन्देश प्रसार हुन जरुरी भएको पनि उहाँले बताउनु भएको छ ।


चोकका चारैतिर सडक किनारामा निजी तथा भाडाका सवारी साधनका पार्किङ्गले ट्राफिक ब्यवस्थापनमा कठिनाई हुनेगरेको यातायात ब्यवस्था कार्यालय, सवारी अन्तरगतको सुनसरी कार्यालयले पनि बताएको छ । ‘ईटहरीमा पार्किङ्ग ब्यवस्थापन छैन’ यातायात ब्यवस्था कार्यालय, सवारी, सुनसरीका सूचना अधिकारी बिजय राईले भन्नुभयो– ‘ईटहरी बजार क्षेत्रमा सार्वजनिक सवारी पार्किङ्ग एरिया नहुँदा बजार र शडक अस्तब्यस्त लाग्छन्’ ।

296978733_430617359113603_4721660178565550230_n (1)


देशको चारै तर्फ जान सकिने सडक हवको रुपमा बिकाश हुँदै आएको ईटहरी चोकमा कहिँ कतै सवारी पार्किङ्ग एरिया भनेर तोकिएको ठाँउ छैन् । शहरमा मापदण्ड अनुसारका पार्किङ्ग एरिया नबनाईदा सर्वसाधारण र सेवाग्राही आफ्ना सवारी साधनहरु शडक किनारामा पार्किङ्ग गरेर आफ्ना काम गर्न बाध्य बनेका छन् । तर यसको अन्तिम समस्या भनेको ट्राफिक ब्यवस्थापनमै गएर थपिने भएकोले यस्ता निजी ब्यवशायी संस्थाका आफ्ना पार्किङ्ग स्थल पनि हुनुपर्ने र नगरले पनि नयाँ बन्ने संरचनामा पार्किङ्ग सहितका भवन बनाउन स्थानिय तह, प्रदश सरकार र संघिय सरकार कसको जिम्मेवारी हो, तुरुन्त काम गर्न आवश्यक भएको ईटहरी ६ निवासी लालबहादुर रोकाले ठहर गर्नुभएको छ ।


चारै तर्फको शडक र फुटपाथमा समेत निजि तथा भाडाका सवारी साधनका पार्किङ्ग स्थल बन्नुले दिनदिनै ईटहरीको ट्राफिक ब्यवस्थापनमा समस्या थपिएको इलाका प्रहरी कार्यालय इहरीका प्रहरी निरिक्षक बिष्णु खड्का बताउछन् । सडक निर्माण प्रकृया र मापदण्ड नै सहि नहुनु, शडकमा खाल्डा खुल्डी हुनु, आवस्यक स्थानमा आकाशे पुल नहुनु सडकमा प्रस्ट लेन र लेन अनुसाशनको पालना नहुनु र सडक संग बानि र आदत नपरेका नयाँ चालक हरुका लागि त झनै दुर्घटना जोखिम रहने पनि प्रहरी निरिक्षक खड्काले बताउनु भएको छ ।


ईटहरीमा अहिले ४० हजार भन्दा बढी धरधुरी रहेको बताईन्छ । यस्तो घना वस्ती भएको क्षेत्रमा मानिसहरु काम बिषेशले बाहिर बजार निस्कँदा शहरको फुटफाथ समेत सवारी पार्किङ्गले ढाकिएको पाईने हुँदा पैदल यात्रीहरु समेत मारमा पर्ने गरेका छन् । शपिङ्ग गर्दा होस या दैनिक अत्यावश्यकिय बस्तु किनमेल गर्न जादा होस, ईहहरीका हरेक गल्लि र शडक किनारामा सवारी पार्किङ्गले शहरको सुन्दरता मात्रै बिगारेको छैन, दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ ।

फोटो फिचर:

296334790_609862920724040_1394737836480263214_n

296290383_3173606899634208_8731903743630270844_n 296115169_5190936071026655_2131501806550824195_n 296047855_5465310296883159_491099479663254562_n 296978733_430617359113603_4721660178565550230_n (1) 296318253_795767568253255_8661295678991312067_n (1) - Copy 296267295_581699170251209_4010887597359249033_n 296115169_5190936071026655_2131501806550824195_n - Copy 296318253_795767568253255_8661295678991312067_n 296978733_430617359113603_4721660178565550230_n

296142798_623136132697881_727282923087847230_n 296247972_1209969782878719_3031525897891743354_n  

296115169_5190936071026655_2131501806550824195_n

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]