थुलुङ दुधकोशी गाउँपालिकामा चालिस लाखको विपद कोष

  • साउन १०, २०७९ / नेपाल रेखा
alt

सोलुखुम्बु ।  थुलुङ दुधकोशी गाउँपालिकाले ४० लाखको विपद कोष निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलवार सम्पन्न कार्यपालिका बैठकले बाढिपहिरोलाई लक्षित गरि ४० लाखको कोष निर्माण गर्ने निर्णय गरेको हो ।
यस्तै विपदमा परि पुर्ण बिस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने सिफारिस सहित १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने पनि निर्णय गरिएको छ । गाउँपालिका वडा नम्बर–५ जुबु र वडा नं. ६ मुक्लिका केहि वस्ती जोखिममा परेको बताइएको छ ।
सोही बैठकले गाउँपालिकाको बिभिन्न शाखामा रहि कार्यरत कर्मचारीको करार अवधी ६ महिनाकोलागि थप गर्ने निर्णय गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
थुलुङ दुधकोशी गाउँपालिका वडा नं.७ र ८ लाई लक्षित गरि अस्थायी प्रहरी पोष्ट स्थापनाको लागि अनुरोध गर्ने पनि निर्णय गरिएको छ । गाउँपालिकाको गौरवको आयोजनाको रुपमा निर्माणको क्रममा रहेका योजनाहरुको प्रगति विवरण सम्बन्धित पक्षबाट पेस गरिएको छ ।

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]