इटहरी चोकमा ट्राफिक लाइट

  • साउन ४, २०७९ / नेपाल रेखा
alt

इटहरी । इटहरी मुख्य चोकमा जडान गरिएको ट्राफिक लाइटको प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गरेका छन् । प्रदेश सरकारको वित्तीय सहयोग र इटहरी उपमहानगरपालिकाको समन्वयमा १ नम्बर प्रदेशमै पहिलो पटक इटहरीको मुख्य चोकमा जडान गरिएको ट्राफिक लाइटको उद्घाटन गरिएको हो ।
ट्राफिक लाइट उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश १ का यातायात व्यवस्था तथा संचारमन्त्री उपेन्द्र घिमिरेले प्रदेश १ का अन्य ठुला सहरहरुमा पनि ट्राफिक लाइट स्थापना गर्ने गरी योजना बनाइएको बताएका छन् । उनले निजी क्षेत्रसँग समन्वय गरी शशुल्क सवारी साधन पार्किङलाई प्राथमिकतामा राखी अगाडी बढ्ने जानकारी दिए ।
अर्को शीर्षकको बजेटलाई इटहरीको ट्राफिक लाइट जडानकोलागि विनियोजन गरिएको बताउँदै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गुरु योजना बनाएर प्रदेश सरकार अघि बढिरहेको जानकारी दिए । साथै उनले इटहरी चौकमा निर्माण गरिने भनिएको आकाशे पुल निर्माण यही आर्थिक वर्षमा सम्पन्न गरिने विश्वास व्यक्त गरे ।
इटहरी नगर प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न सुरक्षा निकायका पदाधिकारी,सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इटहरी नगर उपप्रमुख संगीता चौधरी लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]