झुम्काको साई अस्पताबाट ग्रामिण क्षेत्रका नागरिकले सेवा पाउन थाले

  • असार ३१, २०७९ / नेपाल रेखा
alt

धिरेन्द्रकुमार चौधरी
रामधुनी । साइ मेडिकल प्रा. लि. ले रामधुनी नगरपालिका–१ झुम्का बजारमा २५ बेडको अस्पतालको तयारी संगै स्वास्थ्य सेवा सुचारु गरेको छ ।
निजी क्षेत्रको लगानीमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि पहिलो पटक झुम्कामा अस्पतालको शुरूवात गरिएको हो । प्रा.लि. प्रबन्धक दुर्गा फुयालले अस्पतालबाट २४ सै घण्टा स्वास्थ्य सेवा सुचारु रहेको बताउदै चाडै २५ बेडको अस्पताललाई पूर्णता दिने जानकारी दिए । अस्पतालमा इमर्जेन्सी, फार्मेसी, विशेषज्ञ सेवा, आँखा जाँच सेवा उपलब्ध रहेको जनाइएको छ । साथै भिडियो एक्सरे, एक्सरे, इसिजी, दैनिक फिजियो थेरापी, ल्याब सेवा उपलब्ध रहेको अस्पतालले जनाइएको छ ।
झुम्का सुनसरी जिल्लाको पुरानो बजार हो । बजारलाई बारिपारिबाट ग्रामीण क्षेत्रले घेरेको छ । यस क्षेत्रमा निजी मेडिकलबाट स्थानीयले विभिन्न किसिमका स्वास्थ्य सेवा लिदै आएका थिए । यस क्षेत्रका स्थानीयबासी राति बिरामी पर्दा अन्य ठाउमा सेवाका लागि जानु पर्ने अवस्था थियो । यहाँ अस्पताल संचालनमा ल्याइएपछि स्थानीयबासी लाभान्वित हुने अस्पतालका कर्मचारी प्रदीप चौलागाईंले विश्वास व्यक्त गरेका छन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]