धिरेन्द्रकुमार चौधरी
रामधुनी । साइ मेडिकल प्रा. लि. ले रामधुनी नगरपालिका–१ झुम्का बजारमा २५ बेडको अस्पतालको तयारी संगै स्वास्थ्य सेवा सुचारु गरेको छ ।
निजी क्षेत्रको लगानीमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि पहिलो पटक झुम्कामा अस्पतालको शुरूवात गरिएको हो । प्रा.लि. प्रबन्धक दुर्गा फुयालले अस्पतालबाट २४ सै घण्टा स्वास्थ्य सेवा सुचारु रहेको बताउदै चाडै २५ बेडको अस्पताललाई पूर्णता दिने जानकारी दिए । अस्पतालमा इमर्जेन्सी, फार्मेसी, विशेषज्ञ सेवा, आँखा जाँच सेवा उपलब्ध रहेको जनाइएको छ । साथै भिडियो एक्सरे, एक्सरे, इसिजी, दैनिक फिजियो थेरापी, ल्याब सेवा उपलब्ध रहेको अस्पतालले जनाइएको छ ।
झुम्का सुनसरी जिल्लाको पुरानो बजार हो । बजारलाई बारिपारिबाट ग्रामीण क्षेत्रले घेरेको छ । यस क्षेत्रमा निजी मेडिकलबाट स्थानीयले विभिन्न किसिमका स्वास्थ्य सेवा लिदै आएका थिए । यस क्षेत्रका स्थानीयबासी राति बिरामी पर्दा अन्य ठाउमा सेवाका लागि जानु पर्ने अवस्था थियो । यहाँ अस्पताल संचालनमा ल्याइएपछि स्थानीयबासी लाभान्वित हुने अस्पतालका कर्मचारी प्रदीप चौलागाईंले विश्वास व्यक्त गरेका छन् ।