नेपाल भाषाको संरक्षण गर्न सुझाव

  • असार २७, २०७९ / नेपाल रेखा
alt

मोरङ । नेपाल भाषा सम्पूर्ण नेपालीको भाषा भएकोले यसलाई संरक्षण गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका छन् ।
प्रदेश नम्बर १ पर्यटन तथा संस्कृति मन्त्रालय  तथा झिःपुच  (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ) विराटनगरद्वारा संयुक्त रुपमा विराटनगरमा आयोजित नेवार जातिको भाषा लिपि संरक्षण सम्वन्धी गोष्ठीमा सहभागीहरुले नेपाल भरि छरिएर रहेका नेवार समुदायले आफ्नो घरमा परिवारका सदस्य एवं  बालबालिकासँग नेपाल भाषाको प्रयोग गर्न  जोड  दिएका छन् ।
पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले प्रदेशमा नेपाल भाषा आगामी दिनमा लोप हुने अवस्थामा रहेकोले यसको संरक्षण गर्नु हामी सबै लाग्नुपर्ने बताइन् । उनले  नेपाल भाषाको अनौपचिारक शिक्षाको कक्षा सञ्चालन गर्न सङ्घसंस्थालाई आग्रह गर्दै नेवार समुदायले घरघरमा बोलचाल रुपमा यो भाषालाई प्रयोगमा ल्याउनु पर्ने सुझाव दिए ।       
झिःपुचका सभापति  हरिप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक भविष श्रेष्ठ, नेवार महिला संगठनकी केन्द्रीय उपाध्यक्ष रश्मिला प्रजापति, सुरेश श्रेष्ठ, झिःपुचका संरक्षक राजन श्रेष्ठ लगायतले नेवार भाषा र संस्कृति राष्ट्रको गहना भएकोले यसको संरक्षण गर्नुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागका प्रमुख डा. राजनलाल जोशीले नेपालका नेवारका नेपाल भाषा र लिपिको राष्ट्रिय आवश्यकक्ता र गणेश वज्राचार्यले झिःपुचले विगतका वर्षमा गरेका कार्यहरुका सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेशमा  नेवार समुदायहरुको जनसङ्ख्या एक लाख ८४ हजार रहनुका साथै यो आठौं स्थानमा रहेको सोही अवसरमा जानकारी दिइयो ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]